काभ । जिल्लाको धुलिखेल नगरपालिका वडा न १० ले बिद्यार्थीलाई निःशुल्क माक्स र हात धुने साबुन वितरण गरेको छ । वडा १० कार्यालयले मंगलबार एक कार्यक्रमका बीच वडामा रहेको दुई बिद्यालयका चार सय बिद्यार्थीलाई निःशुल्क माक्स र हात धुने साबुन वितरण गरेको हो ।
चीनको वुहानबाट विश्वभर महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि बिद्यार्थीलाई हात धुने साबुन र माक्स वितरण गरेको धुलिखेल नगरपालिका वडा न १० का वडाअध्यक्ष पुष्पराज राउतले बताए । उनका अनुसार कालिका माध्यमिक बिद्यालयका २७७ र बालज्योती आधारभूत बिद्यालयका १४४ बिद्यार्थी र शिक्षकलाई माक्स र हात धुने साबुन वितरण गरिएको छ ।
वडा कार्यालयले १५ मिटर सुतीको कपडा किनेर चार सय ११ वटा माक्स बनाएर वितरण गरेको वडाअध्यक्ष राउतले बताए । एउटा माक्स हामीले १२ रुपियाँ तयार पारेको हो भन्दै उनले भने, “हामी पनि केही कुरामा आत्मानिर्भर हुनुपर्छ भन्नका लागि हामीले माक्स बनाएर बिद्यार्थीलाई बाँडेका हौँ ।” हाम्रो यस वडा पहिलानै बालमैत्री घोषणा गरेकोको हुनाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन पनि बिद्यार्थीहरुबाट सुरुवात गरेको वडाअध्यक्ष राउतले बताए ।
उक्त माक्स तथा हात धुने साबुन वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा काभे्रका अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल स्वास्थ्य शाखाका प्रमुख सन्दिप क.ेसी लगायतले कोरोना भाइरसका बारेमा मन्तव्य राखेका थिए ।
The post वडा कार्यालयले दियो बिद्यार्थीलाई निःशुल्क माक्स र साबुन appeared first on Rajdhani Daily News.


