‘का’मी’को र’गतले रं’गिएको भेरी

मेरो स्कुल पढ्दाको पोखरेल साथी द’नुवार केटी सँग जब’रजस्त ल’व परेको थियो। करिब १६ बर्ष पछी फेसबुकमा भेटियो, केटो अष्ट्रेलिया रहेछ। फेसबुक प्रोफाईलमा हेरेँ बिहेको तस्विर रहेछ तर केटी अर्कै, म्यासेज् गरेँ “ओई अनि पहिलेको द’नुवारनी जि एफ् कसरी छु’ट्यो नि?” “कहाँ त्यसलाई बिहे गर्नु नि यार, घरमा आमा-बुवाले मा’नेनन्, त्यही पनि जा’त न’मिल्ने, कु’ल न’मिल्ने मलाई पनि त्यसलाई बिहे गरेर के कु’ल बाहिर बस्नु जस्तो लाग्यो।

एसो सोचेँ ७/८ बर्ष रमा’ईलो गरिहाँले। अहिलेकी नर्सींग सकेर बसेकी आफ्नै जा’त’की त्यसैले यसैलाई बिहे गरेँ।” उसको जवाफ थियो, म ख’त्रक्क परेँ।  युके बस्ने घिमिरे थरका साथीले म्यासेज गर्यो,”ओई बिहे कहिले गर्छस्?” “चाँडै” फर्काएँ।

“केटी खेजिस्?” सोध्यो।
“खोजेँ!”
“कहाँको?”
“पोखराको!”
“पोखरामा राई हुन्छन् र?” आ’श्चर्य मान्यो।
“राई होईन क्षेत्री हो!” जवाफ दिएँ।

“ओहो! क्षे’त्री? कसरी मानी तँ सँग बिहे गर्न? परिवार मान्यो त उसको?” झनै अ’त्तालियो।
“अली गा’ह्रो भएको थियो तर मनाएँ!”
“ए अ’चम्मै भएछ नत्र त क्षेत्री बाहुनले कहाँ राई भो’टेलाई छोरी दिन्छन्? गो’रू खा’ने भनेर ल’खाट्छन्!” म स्त’ब्ध भएँ।

मेरे कलेज पढ्दा ठकुरीको ‘उच्च’ खा नदा नको साथी थियो। उसको एउटी गिरी जा’तकी केटी सँग लव परेको थियो। तर उसले बिहे भने ‘उच्च’ ठकुरी खानदानकै केटी सँग गर्यो, कारण के त भन्दा ‘जोगी’ जा’त राजा-महाराजा कुलमा घु साउन मि ल्दैन रे र यो कुरा मलाई मेरै साथीले भनेको हो।

यी माथीका केही प्रतिनिधी घ’टनाहरू मेरो जिवनसँग जोडिएका छन् र ईनले मलाई सोच्न बा”ध्य तुल्याएको छ त्यसैले शे’यर गरेँ।

पश्चिम रूकुमका बिक हुन् या बुटवलका पासी, उनीहरू यही जा’तीय कु’प्रथाका पछिल्ला शि’कार हुन्। यस्ता घ’टनाहरू बिगतमा ह’ज्जारौँको संख्यामा भएका छन्। यहाँ प्रेम सम्बन्धहरू अ’छुत भएको कारण मात्र टु’ट्दैन, छु’त जा’त भित्र पनि ठूलो र सानो जा’त छ, ठूलोले सानोलाई अ’स्विकार मात्रै होईन घृ’णा नै गरेको पाईन्छ। फरक यत्ती हो की छु’त/छु’त जा’त’मा गु’पचु’पमा कुरा टुंग्याईन्छ तर ग’लती बस कुनै पक्ष ‘अ’छुत’ भएछ भने त्यहाँ हिं’साले ठाउँ लिन्छ र ज्या’न जान्छ र म’र्ने ‘अ’छुत’ नै हुन्छ। आज सम्म मैले यस्ता घट’नामा ‘ठूला’ जा’तका म’रेको/मा’रिएको सुनेकै छैन।

२१ बर्षिय युवक नवराज बिक मल्ल थरकी १७ बर्षीय युवती सँग प्रेममा परे, सबैलाई थाहा नै छ प्रेमले जा’त हेर्दैन है’सियत हेर्दैन। एक पटक बिहेको कुरा पनि गर्न गए तर केटी पक्षकाले ‘सा’नो जा’त भएर केटी माग्न आउने हि’म्मत गर्ने?’ भनेर राम धु’लाई गरेर प्रहरीकोमा बु’झाई दिए। प्रहरीले केटी १७ बर्षकी मात्रै छिन् २० बर्षकी भएपछी बिहे गर्नु भनेर घर फर्काईदिए।

यसै बिचमा केटीको पे’टमा बिकको बच्चा रहेको खबर बिकको कान सम्म आईपुग्यो। साथै अर्को केटासँग बिहे गराईदिन आँ’टेको पनि खबर आयो। केटाले केटीलाई मलाई मेरो बच्चा चाहिन्छ भन्यो। त्यसपछी केटीले आएर आफूलाई लिएर जान अनुरोध गरिन्। साथीहरू सँग आउन पनि सुझाईन्। प्रेममा उ’न्मत्त ज’वान केटो मायाले बोलायो भनेर साथी-भाई बटुलेल १९ जनाको हु’ल बाँ’धेर केटीको गाउँ पुगे।

घट’नास्थल चौरहजारी नगरपालिका-८, सोती ।

केटीको घर पुग्दा करिब ५ बजेको थियो। केटिकी आमाले ‘अस्तिको कु’टाईले पुगेन यो डु’मलाई आज त मा’रेर फा’ल्ने हो’ भनेर सबैलाई बोलाईन् र ल’खाटी-ल’खाटी १९ जनामा निज बिक सहित ६ जनलाई मा’रेर भेरीमा नदिमा हा’लिदिए र बाँकी भने जसो तसो ज्या’न बचाउन सफल भए। घ’टनाको लगभग सार यही हो। स’र्लक्क कहानी सुन्दा क’थित ‘का’मी’ जा’तकै भएको कारण केटी नदिने भनेको स्पष्ट छ केटा हु’ल बाँधेर आएकोले योजनाबद्द रूपमा ह’त्या गरेको प्रष्ट हुन्छ।

छ जनाको नृं’शक तवरले ह’त्या गरी नदीमा बगाईएको छ। बाँकीलाई म’र’णा’सन्न हुने गरी वडा अध्यक्ष्य सहितको संलग्नतामा कु’टपि’ट गरिएको छ। तर यती ठू’लो अ’परा’धलाई ओ’झेलमा पार्न बजारमा क’थित ‘ठूला’ जा’त’काहरूले सयौँ कथाहरू बनाईसकेका छन्। ति कथाहरू पढ्दा लाग्छ, कलियुगको म’हाभारत त्यहीँ भएको हो।

त्यसमा पनि सबै भन्दा अ’ट्टहा’सपूर्ण लागेको लाईन ‘रातको १२ बजे १८-२० जना ‘ट्या’पेहरू १७ बर्षिय नाबालिग छोरीलाई खो’स्न आउँछ भने कु’टाई नखाएर के हुन्छ? मा’रिन्छ त! यसलाई जा’तिय’ताको रंग नदिऊँ।’ वाह! कति सं’वेदन’हिन क’थित ‘ठूला’ जा’तिले बनेको समाज, ‘छी’!

हो, केटी नाबालिग थिईन्। केटोले १८ जना साथीको हु’ल हु’ज्जत लिएर जान हुन्थेन। म त भन्छु एक पटक गो’दाई खाईसकेपछी दोस्रो पटक जानै हुन्थेन। केटीले पनि भा’ग्ने ईच्छ्या देखाएकी भए अन्तै ठाउँमा भेटेर भा’ग्नु पर्थ्यो। केटाले खो’सेरै लैजान्छु भनेको हो भने केटा मू’र्ख हो।सायद पहिले पल्टको गो’दाईको ड’रले साथीहरूको माझमा गो’दाई नखाईएला भन्ने सोचले ल्याए होलान् साथीहरू।

केटीले पनि त्यही सेचिन् होला। केटा केटीकोमा रातको १२ बजे पुगेको नभई साँझको ५ बजे पुगेको बताईएको छ त्यसैले ‘ठूला’ जा’तीहरूले कथामा मा’र्मिकता थप्न ७ घण्टा ढिला बनाईदिएका होलान्। कुरा ना’बालिगको गरौँ, ना’बालिग छोरी भनेर बचाउन खोजेको भए अर्को केटोलाई जिम्मा लगाउने तरखर किन गरियो? केटो मू’र्ख भएर आयो अरे, तर के घेराबन्दी गरेर ह’त्या नै गर्नु पर्ने जरूरी थियो त? समातेर सामान्य कु’टपि”ट(रि’समा) गरी प्रहरीकोमा बुझाएको भए पनि त हुन्थ्यो। भोलीपल्ट मु’द्दा हाल्न सकिन्थ्यो केटाको नाममा।

भ’वि’तव्यमा परेर केटोले ज्या’न गु’माएको हो भन्ने कुरा गरेका छन् केटी पक्षले, भवि’तव्यमा ला’स हुने गरेर कु’टेर मा’रेर नदीमा कसले हा’ल्छ? ला’स नै बे’पत्ता कसरी हुन्छ? पटक/पटक केटाकोमा केटी गएर सु’तेर आईसकेको थाहा पाउँदा पनि छोरी चो’खो बनाउने अ’हं’कारको न’तिजा हो यो दु’र्घ’टना। छोरीलाई केवल छोरी सोच्दैन ‘ईज्जत’ सोच्छ क’थित ‘उपल्लो’ जा’तकाहरूले त्यसैको परिणाम हो यो घ’टना। कथाको सुरूवात ‘साउथ फि’लिम’ को जस्तो केटाले गरे पनि अन्त्य ‘साउथ फि’लिम’ को भन्दा भिन्न रूपमा ‘यो’जनाबद्ध सा’मुहिक ह’त्या’ गरेका छन् केटी पक्षले।

केटाको अ’पराध क’थित ‘ठूला’ जा’तकी केटीलाई प्रेम गर्नु थियो भने केटी पक्षकाको अ’प’राध छ जनाको सा’मुहिक ह’त्या। सिधा हेर्दा अझै पनि यसलाई भ’वितव्य देख्ने, केटाको ग’ल्तीको कारण घटे’को देख्ने, घ’टनाको कारण ‘जा’त’ नभएको देख्नेहरू ‘छु’वाछु’त कु’प्र’था’ को सच्चा पहरेदार हुन्। समाजका असली स’त्रु तिनै हुन्। जा’तिय कुरा नभएको भए केटी पक्षकाले ‘छोरी २० की हुन देऊ अनी बिहे गराईदिन्छौँ’ भनेको कहीँ कसैले सुनेको थियो?

मा’र्नेले मा’रिसके, म’र्ने म’रिसक्यो। बजारमा छापिएका सय कथाहरूमा एक अदालतमा सुनाईनेछ। घुमाई फिराई केटाकै ग’ल्ती देखाईने छ र पि’डित केटाको बुबा-आमालाई अझै धेरै पि’डा दिईने छ। होईन भने २/४ लाखमा छोराको ज्या’नको सौ’दा गर्न लगाईने छ। यो सब किन हुन्छ? ‘कु’जा’त’ भएको कारण, ग’रिब भएको कारण। म त भन्छु ह’त्या’रा भन्दा धेरै ठूला अ’परा’धी त ति हुन् जसले न्यायलाई केही ‘सा’ट्छन्। तर के गर्नु ग’रिबीले न्यायलाई देलो बाहीर नै राखीदिन्छ।

धेरैले मलाई सोध्ने गर्छन् आखिर किन यस्ता घ’टना घट्छ हाम्रो समाजमा भनेर, जवाफ धेरै किसिमको हुन सक्छ। तर कारण मैले यो लेखाईको सुरूमा बिसाएका तिन प्रसंग हरूले बताउँछ। नेपाल हि’न्दु बाहुल्य मुलुक हो र हि’न्दु धर्मालम्वीहरूमै छु’वाछु’त रहेको पाईन्छ। हि’न्दु ध’र्म’मै जा’त अनुसार समाजको बर्गीकरण गरिएको हुन्छ।

शहरमा बसेका, पढे लेखेका ठूलाठालूले भन्छन् जा’तिय छु’वा’छुत छैन सकियो तर तिनैल् घरमा गएर जा’त, कुल, खानदानको बारेमा छोराछोरीलाई र’ट्टा लगाउँछन्। बाहीर म जा’त मान्दिनँ भनेर जुनै पनि जा’तका केटी सँग ‘रमाईलो’ गर्ने ‘ठूला’ जा’तका केटा घरमा गएर बाऊ आमालाई भन्छ ‘मलाई जा’तकै केटी खोजिदिनुस्’।

‘छु’वा’छुत’ अन्त्य हुनलाई यही क’थित ‘ठूला’ जा’तकाहरू भित्री र बाहिरी दुवै रूपमा परिवर्तन हुन जुरूरी छ। बोलीमा जस्तै व्यवहारमा पनि समान हुन जरूरी छ तव मात्रै छु’वा’छुत अ’न्त्य हुन्छ। ‘ठूला’ जा’तका आजका युवाले हिम्मत गरेर बुबा-आमालाई भन्न सक्नु पर्छ की ‘जा’त’ केही होईन, मन हो ठूलो कुरा भनेर। तव मात्रै असली रूपमा छु’वाछु’त उन्मूलन हुन्छ।

‘द’लित’ले त म द’लित होईन तिमी समान हुँ भनेर हिम्मत गर्छन् नि हो तर के गर्नु यसरी नवराज बिकको हा’लत बनाईन्छ। औषधी त्यो सँग हुन्छ जसले बि’ष बनाएको हुन्छ। यो बि’ष ‘ठूला’ जा’त’काले बनाएका हुन् र औषधी पनि तिनै सँग छ। होईन भने त फेरी पनि अर्को ‘का’मी’ ले ‘ठूला’ जा’तकीलाई माया गर्ने छ अनि फेरी पनि भेरी रंगिनेछ ‘का’मी’को रातो र’गतले।

दु’ख’द कुरा, अमेरिका बस्ने ‘ठूला’ जा’तका भाईले पनि ‘का’मी भएर ठकुरी सँग बिहे गर्न हिम्मत गर्ने हो त दाई?’ भनेर म्यासेज गर्यो, म फेरी ख’त्रक्क परेँ!

✍ भुवन अक्किम्हांग राई/ शब्द डबली डटकम

ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा श्रीमतीकाे मृत्यु ,श्रीमान घाइते

Previous articleछ चरणमा यसरी खुल्दैछ लकडाउन, १ साउनबाट विद्यालय देखि निर्माण कार्य सञ्चालन
Next articleआज वि.सं. २०७७ जेठ २५ गते आईतबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।