Home Uncategorized कुटपिट गर्ने सांसद दीपक ‘मनाङे’ विरुद्ध जाहेरी दर्ता

कुटपिट गर्ने सांसद दीपक ‘मनाङे’ विरुद्ध जाहेरी दर्ता

गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) विरुद्ध कास्की जिल्ला फुटबल संघकाका अध्यक्ष मिलन गुरुङले उजुरी दर्ता गराएका छन्। मंगलबार मनाङेबाट तीन झापट खाएका उनले कुटपिट तथा दुव्र्यवहार भएको भन्दै कास्की प्रहरीमा उजुरी दर्ता गराएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार केसीले उजुरी परेको पुष्टी गरे। अब के हुन्छ? भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘अब अनुसन्धान हुन्छ।’ पक्राउ पनि हुन सक्छ? भन्ने प्रश्नमा उनले भने, ‘यो कानुनी प्रक्रिया अनुसार हुन्छ, जाहेरी अनुसारको अनुसन्धानले जे देखिन्छ,त्यही हुन्छ।’

लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै मनाङेले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए। अध्यक्ष गुरुङले नेपालखबरसँग कुरा गर्दै आफूमाथि भएको हातपातको कानूनी कारबाही खाेजेकाे बताउँदै भने, ‘सार्वजनिक ठाँउमा गाली गलौज गरे। मुक्का प्रहार भयो। मैले मेरो जिउज्यानको सुरक्षाको लागि निवेदन दिन लागेको हुँ। दुख गरेर काम गरेको छु। कहिलो राम्रो भयो होला कहिले कमजोर रह्यो होला।’ उनको भनाई थियो,‘सम्झाउनुपर्ने ठाँउमा उल्टै मुक्का प्रहार गर्नुभयो।’

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङेले सोही विषयलाई लिएर सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफूले मंगलबार भने संयमता अपनाएको दावी गरे। ‘मैले संयमता अपनाएँ। प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरेँ,’ उनले भने। उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफु संयम बनेको जिकिर गरे।

‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो । कार्यक्रम केही ढिलो भएको थियो । उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो । मनाङबाट आएको टोलीलाई होटल,ग्राउण्ड नमिलाईदिने भन्दै कराउनुभयो। फुटबलमा डे आफ्टर/बिफोर हुन्छ। मैले त्यो बारे बुझाउन खोजे। तर पैसा नतिर्ने भन्दै कराउनुभयाे। मैले सहंदै गएँ। उहाँले मुक्का हान्नुभयो’,गुरुङले बेलिविस्तार लगाए।

यता हिजो भएको घटनाबारे जानकारी दिने भन्दै सांसद गुरुङले यता केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ्न।

याे पनि:
मनाङे भन्छन्: ठूलो कुरो गर्‍यो, हान्दिएँ
दीपक मनाङेद्वारा कास्की फुटबल संघका अध्यक्षमाथि हातपात

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ : मुख्यमन्त्री गुरुङ

Previous articleसुकुम्बासीलाई स्वास्थ्यमन्त्रीको ढाडसः जहाँ बस्नुभा’छ नडराई बस्नुस्, लालपुर्जा दिन्छौँ
Next articleभालेजुधाइ हेर्न गएका व्यक्ति भालेको आक्रमणमा मारिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।