भालेजुधाइ हेर्न गएका व्यक्ति भालेको आक्रमणमा मारिए

भारतको आन्ध्र प्रदेशमा भालेको आक्रमणमा परेर एक व्यक्तिको ज्यान गएको छ। उनी अवैध भालेजुधाइ हेर्न गएका थिए।

भारतको सर्वोच्च अदालतले भालेजुधाइलाई अवैध घोषित गरेको छ।

प्रहरीले जनाएअनुसार भालेजुधाइका लागि भालेको खुट्टामा ब्लेड कसिएको हुन्छ। भाले तर्सेर दर्शकको भीडमा उड्दा सोही ब्लेडले पेटमा लागेर सरिपाल्ली बेंकटेश्वर राव नामक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले भालेजुधाइका आयोजकमाथि कारवाही चलाएको छ। एजेन्सी

शुभ बिहानी मनकामना माइको दर्शन गरि आज आइतबारको राशिफल हेर्नुहोला।

Previous articleकुटपिट गर्ने सांसद दीपक ‘मनाङे’ विरुद्ध जाहेरी दर्ता
Next articleनेपाली राष्ट्रिय फुटबल टोलीले इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।