लमजुङ । लमजुङको सुन्दरबजारमा आयोजना गरिएको सुन्दरबजार सांस्कृति महोत्सव– २०७६ का अवसरमा आयोजित जिल्ला भित्रका अन्तरवडास्तरीय दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा प्रवेश गरेको छ ।
सेमीफाइनलमा प्रवेश गर्ने टोलीमा बेसीशहर नगरपालिका– १ उदीपुर रसुन्दरबजार नगरपालिका– ७ को टिम छ । बेसीशहरले मस्र्याङ्दी गाउँपालिकाको पवित्रा अधिकारीको टिमलाई हराएर सेमी फाइनलमा पुगेको हो ।
त्यस्तै, सुन्दरबजार– ७ को टिमले दुधपोखरी गाउँपालिकाका सम्झना थापाको टिमलाई हराएको निर्णायक समितिको संयोजक एवम् वरिष्ठ गायक कृष्ण गुरुङले बताए । उनका अनुसार राइनास नगरपालिकाको अम्बिका गौतमको टिमले सुन्दरबजार– ६ की फतु दुराको टिमलाई हराएर सेमीफाइनलमा पुग्न सफल भएको हो । उनले भने, ‘सेमी फाइनल र फाइन प्रतियोगिता बुधबार हुने कार्यक्रम छ ।’
यसैगरी, सोही अवसरमा सुन्दरबजार नगरपालिका भित्र रहेको विद्यालयका बीचमा आयोजना गरिएको नृत्य प्रतियोगिता पनि जारी रहेको छ । उक्त प्रतियोगिताको पहिलो प्रस्तुतिलाई नै निर्णायको आधार मानिने भएको छ । नृत्य प्रतियोगिताको नतिजा पनि बुधबार घोषणा हुने आयोजकको भनाई छ ।
दुवै प्रतियोगिताका विजेतालाई बुधबार साँझ हुने महोत्सवको समापन कार्यक्रममा पुरस्कार र प्रमाणपत्र वितरण गरिने छ ।

The post दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा appeared first on Rajdhani Daily News.


