वडाध्यक्ष थापाको ‘अवैध’ अफ-एअरका कारण २५ वर्षिया युवती गर्भवती भएपछि

बागलुङ- बागलुङमा एक वडा अध्यक्षले अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएका छन् । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवतिलाई थापाले गर्भवती बनाएका हुन् ।

अध्यक्षले ती युवतीलाई गर्भवती बनाई बागलुङ बजारको एक घरमा राखेको पाइएको छ । थापाको घरमा एक श्रीमति, ३ छोरी र १ छोरा रहेका छन् । अवैध सम्बन्धबाट युवतिलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको युवतीकी आमाले बताइन् ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफु अविवाहित रहेको भनि ढाँटेर ति युवतिसँग शारीरिक सम्बन्ध गाँसेकोे माइती पक्षको दाबी छ । युवतिलाई पटक–पटक गर्भपतन गराएको र तेस्रो पटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने डाक्टरले बताएपछि गर्भवतन नगरेको बुझिएको छ ।

अस्पतालले ति युवति सुत्केरी हुने समय भदौको पहिलो हप्तालाई तोकेको पाइएको छ । यस विषयमा वडा अध्यक्ष थापाले घट्नालाई स्वीकार गरेका छन् । वडा अध्यक्ष थापा वडा मेलमिलाप समितिका संयोजक समेत हुन् । वडा मेलमिलाप समितिको संयोजकले नै अनैतिकि गतिविधि गर्दै हिँडेपछि वडाबासीले न्याय पाउने आशा मारेका छन् ।

नेपालमा कानुनतः लिभिङ टुगेदरलाई मान्यता दिईएको छैन भने यस्तो कार्यलाई अपराधको रुपमा हेरिन्छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो गम्भीर अनैतिक कार्य गर्नु अक्षम्म अपराध भएको महिला अधिकारकर्मीहरुको बुझाई छ ।

मुलुकी अपराध संहिता १७५ (४) अनुसार दुईवटा श्रीमति राख्न पाईदैन । दोस्रो विवाह गर्नको लागि पनि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको हुनु पर्ने उल्लेख छ । थापाको घरमा दोस्रो श्रीमति रहेकी छिन् भने उनको पहिलो र तेस्रो श्रीमतिसँग सम्बन्ध नरहेको स्थानीयको भनाई छ । आदर्शसमाचार डटकमले खबर लेखेको छ। 

https://ujyaalonepalnews.com/archives/23551

Previous articleजनजागृतीका एसईई उत्कृष्ट विद्यार्थीलाई हरि ढकालको नगद पुरस्कार
Next articleट्रक किनेको पैसा तिर्न नसकेपछि रड प्रहार गरी साथीको हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।