बोक्सी आरोपमा वृद्धामाथि कुटपिट

0
61

स्याङ्जामा बोक्सी आरोप लगाउँदै एक वृद्धामाथि कुटपिट भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार वालिङ नगरपालिका ८ कटहरेबोट की ५५ वर्षीया बृद्धामाथि कुटपिट भएको हो।

स्याङ्जा चापाकोट नगरपालिकाकी ३४ वर्षीया झाँक्री सोममाया रानाले कुटपिट गरेकी हुन्। गाउँमा झारफुक गर्ने क्रममा एक बिरामीलाई बोक्सी लागेको बताएकी झाँक्री रानाले बृद्धालाई बोक्सी भन्दै अगरबत्ति बालेर मुखमा समेत पोलिदिएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएकी बृद्धाले सोमबार वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दिएकी थिइन्। कुटपिटमा संलग्न रानालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए। उनलाई बोक्सीको आरोप सम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

जनकपुर रेल सेवा उद्घाटनको तयारी पूरा, आज उदघाटन हुँदै

Previous articleकोटेश्वर-कलंकी सडकमा ठुला सवारी बायाँ, साना र निजी सवारी दायाँ लेनबाट
Next articleकटुवा पेस्तोल र गोलीसहित एक पक्राउ