Home Uncategorized कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

प्रहरीको टोलीले आज साँझ सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो।

बाटोमा श‌ंकास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएपछि साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। रासस

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

Previous articleअफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन शुरु
Next articleशीर्ष नेता नै प्रयोग गर्दैनन् संसदमा शून्य समयको व्यवस्था, यी हुन व्यवस्था प्रयोग नगर्ने नेताहरू
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।