इटलीमा ६ करोड मानिसलाई घरभित्रै बस्न निर्देशन

रोम । कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न इटलीले देशभर आपतकालीन उपायहरू विस्तार गरेको छ । इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ । इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन् ।

सोमवार इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३६६ बाट बढेर ४६३ पुगेको छ । इटलीमा चीनपछि सर्वाधिक मानिस संक्रमित बनेका छन् । आधिकारिक तथ्यांकअनुसार आइतवार संक्रमित मानिसको संख्या २४ प्रतिशतले बढेको छ । इटलीका २० वटै क्षेत्रमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि संक्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको थियो । प्रधानमन्त्री कोन्टेले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति सो कदम उठाइएको बताए । आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, ‘अब हामीसँग धेरै समय छैन ।’

प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए । संक्रमण र मृत्यु हुनेको संख्या निकै बढिरहेको बताउँदै उनले भने, ‘हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ । अब हामीले त्यो गर्नुछ । आपसी सहयोग ग¥यौं र अपनाइएका थप उपायहरू पालना ग¥यौं भने हामी त्यसमा सक्षम हुनेछौं ।’

त्यसैले आफूले सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको उनको भनाइ थियो । प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए । विद्यालय र विश्वविद्यालयहरू ३ अप्रिलसम्मका निम्ति बन्द गरिएका छन् ।

यसअघि एउटा समाचारपत्रलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कोन्टेले भनेका थिए, ‘मैले विन्स्टन चर्चिलको पुरानो भनाइ सम्झिरहेको छुः यो हाम्रो सबैभन्दा अँध्यारो क्षण हो तर हामी सफल हुनेछौं ।’ सरकारी प्रतिबन्धलाई प्रधानमन्त्रीले ‘म घरभित्रै बस्छु’ भन्ने अभियानको रूपमा प्रस्तुत गरेका छन् ।

दंगा फैलिँदा इटलीमा कम्तीमा ६ जनाको मृत्यु

इटलीका जेलहरूमा कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै लगाइएका नियन्त्रणका उपायविरुद्ध दंगा फैलिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगन्तुकहरूलाई आउन नदिइने भनिएपछि देशको उत्तरमा रहेको मोदेना जेलका कैदीहरूले एउटा भवनमा आगो लगाइदिएका थिए ।

कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार बढेपछि युरोपेली मुलुक इटलीमा आइतवारदेखि १ करोड ६० लाख मानिसहरूलाई अलग्याएर राखिएपनि संक्रमण घटेको छैन । कोरोना भाइरसको प्रकोपलाई प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको निम्ति विशेष समयका रुपमा अथ्र्याएका छन् ।

उनले सबै मानिसले नियम मानिदिए रोगलाई जित्न सकिने बताए । प्रकोपका कारण पर्ने गम्भीर आर्थिक क्षतिका असर न्यून पार्न सरकारले ठूलो परिमाणमा खर्च बढाउने पनि उनले बताएका छन् । इटलीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ सय ६३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

The post इटलीमा ६ करोड मानिसलाई घरभित्रै बस्न निर्देशन appeared first on Rajdhani Daily News.

जयनगर-कुर्था खण्डमा यात्रुसहितको रेल सेवा आज बिहानदेखि नियमित रुपमा सुरु हुँदै

Previous articleनेपाल – भारत सीमामा सतर्कता अपनाउन आग्रह
Next articleकोरोनाको कारण देखाउँदै सरकारी चीज उत्पादन केन्द्र बन्द
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।