अरियो र बिभत्सु छनोट

 

काठमाडौं।   ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि ट्यालेन्ट हन्टबाट दुई युवा खेलाडी छनोट गरेको छ । साविक विजेता समेत रहेको ललिपुरमा युवा बायाँ हाते स्पिनर अरियो पौडेल र ब्याट्सम्यान बिभत्सु थापाले ट्यालेन्ट हन्टमार्फत छनोट गरेका हुन् ।

२ सय ३१ युवा खेलाडीबाट अरियो र बिभत्सु छनोट भएको ललितपुरले जनाएको छ । फागुन २३ गते देखि ललितपुरको इमाडोलस्थित बल पार्क एकेडेमीमा भएको ट्यालेन्ट हन्ट प्रशिक्षक राजु बस्न्यात, स्पिनर सुर्य तामाङ र अलराउन्डर सोनु तामाङको टोलीले दुई युवा खेलाडी छनोट गरेका हुन् ।

अरियोले एक साताअघि मुलपानी क्रिकेट मैदानमा सम्पन्न हिमालय क्रिकेट लिग यू–१९ दुई दिवसिय प्रतियोगितामा वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गर्दै उदयमान खेलाडी घोषित भएका थिए ।

ललितपुर प्याट्रियट्सले विदेशी खेलाडीको रुपमा पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका बायाँ हाते ओपनर उपुल थरंगालाई अनुबन्ध गरेको छ । गत वर्ष ललितपुरले ट्यालेन्ट हन्टबाट तीब्र गतिका बलर कमल खत्रीलाई टोलीमा अनुबन्ध गरेको थियो ।

इपिएल चैत १ गते देखि १५ गते सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएपनि विश्वभर फैलिएको कोराना भाइरस (कोभिड–१९) को कारण अनिश्चित कालको लागि स्थगित भई सकेको छ ।

The post अरियो र बिभत्सु छनोट appeared first on Rajdhani Daily News.

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि मनाङको लोकप्रिय मावि छानियो

Previous articleसामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने
Next articleटुटल पठाओमा फेरि लफडा, ट्याक्सी व्यवसायीद्वारा विभाग घेराउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।