बिरामी भएका एमबाप्पेमा कोरोना परीक्षण, च्याम्पियन्स लिग खेल्ने नखेल्ने द्विविधा

ज्वरो र घाँटीमा समस्या देखिएपछि एमबाप्पेलाई अस्पताल भर्ना गरेर कोरोना भाइरसको परीक्षण गरिएको थियो।

फ्रान्सको स्थानीय संचारमाध्यम टीएफ वानलाई उदृत गर्दै सिन्ह्वाले एमबाप्पेमा कोरोना नदेखिएको बताएको छ।

बुधबार राति पीएसजी र डर्टमुन्डबीच च्याम्पियन्स लिगमा प्रतिस्पर्धा हुँदैछ। तर बिरामी एमबाप्पेले दुईदिन बिरामी भएका कारण प्रशिक्षण लिएनन्। उनले खेल खेल्ने या नखेल्ने त्यो अनिश्चित छ।

पहिलो लेगमा डर्टमुन्डले २–१ को अग्रता लिएको छ। घरेलु मैदानमा आज हुने खेलमा एमबाप्पे उपस्थित नभए पीएसजीलाई धक्का लाग्नेछ।

हाल फ्रान्समा १७ सय ८४ कोरोनाबाट संक्रमित छन्। त्यहाँ ३३ को मृत्यु भइसकेको छ।

क्वाटर फाइनल प्रवेशको निर्णायक खेलमा आज पीएसजी र डर्टमुन्डले प्रतिस्पर्धा गर्दा कुनै दर्शक उपस्थित हुने छैनन्।

कोरोनाको जोखिम भएकाले दर्शकलाई प्रतिबन्ध गरिएको हो।

जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ : ऊर्जामन्त्री भुसाल

Previous articleसिमकोट विमानस्थलको सुरक्षा फितलो
Next articleब्याडमिन्टनमा प्रिन्सको छलाङ : बने विश्वकै सातौँ उत्कृष्ट खेलाडी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।