इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा एक दम्पतीलाई हत्या गरिएको अवस्थामा भेटिएको छ । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी त्यही उमेरकी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव निरिक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लागेको नांगो खुकुरी भुइँमा भेटिएको छ ।
उनकै पत्नी रीता धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीले ‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था नभएको र ‘अनुसन्धान भइरहेको बताएको छ ।
The post हत्या गरिएको अवस्थामा एक दम्पती फेला appeared first on Rajdhani Daily News.


