
कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा केही समयअघि चिनियाँ बैंकहरुले नोट धुनुका साथै तिनलाई संक्रमणरहित बनाएका थिए।
तर नोटबाट भाइरस सर्न कति सम्भव छ त?
जोन्स हप्किन्स युनिभर्सिटीस्थित सेन्टर फर हेल्थ सेक्युरिटीका वरिष्ठ विद्वान डा. अमेश अदल्जा भने नोटबाट सर्ने भाइरसप्रति धेरै चिन्तित नहुन आग्रह गर्छन्।
‘यो श्वासप्रश्वाससम्बन्धी भाइरस हो। त्यसैले यो खोकी, हाच्छ्युँ र शरीरबाट निस्किने र्यालसिंगान, आदिबाट सर्छ,’ उनी भन्छन्, ‘यो कुनै पनि चीजसको सतहमा टाँसिएर अर्को मानिसमा सर्न सक्छ। तर, त्यो सर्ने मुख्य तरिका होइन।’
‘खासगरी म चाहिँ नोट वा सिक्काबाट भाइरस फैलिने विषयमा धेरै चिन्ता लिन्नँ,’ उनले थपे।
यद्यपि पैसा खेलाएपछि हात धुन उनले सुझाए। एजेन्सी


