ओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध

ओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध

१६ मंसिर, काठमाडौं । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

एक मन्त्रीका अनुसार उनीहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको एक मन्त्रीले बताए ।

https://ujyaalonepalnews.com/archives/16498

Previous articleमलेशिया बाट आयो दु:खद खबर: शौचालयमा ढलेका सन्तोषको गयो ज्यान
Next articleवैदेशिक रोजगारीमा फेरी समस्या आउने संकेत; उडान बन्द हुने डरमा व्यवसायी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।