ह्विलचेयरमा अदालत गएका ६७ वर्षीय चलचित्र निर्मातालाई बलात्कार कसुरमा २३ वर्ष जेल

बलात्कार कसुरमा हलिवुडका चर्चित चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाइएको छ।

न्युयोर्कको एक अदालतले बलात्कार र यौन आक्रमण मुद्दामा दोषी ठहर गर्दै वाइन्स्टिनलाई जेल सजाय सुनाएको हो।

बीबीसीका अनुसार वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए।

कुनै समय हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमण अभियोगमा दोषी पाइएका थिए।

अदालतको पछिल्लो फैसलालाई ‘मिटु’ भनिने विश्वव्यापी महिला आन्दोलनका सदस्यले स्वागत गरेका छन्।

उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनुपर्ने माग वाइन्स्टिनका वकिलहरूले गरेका थिए।

५ वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क उनीहरूले गरेका थिए।

तर अभियोजनकर्ताहरूले विपक्षमा पैरवी गर्दै उनीविरुद्धको सजाय उनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरेकाे बीबीसीकाे समाचारमा उल्लेख छ।  

 

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

Previous articleसरकारबाट आर्थिक राहत पाउने अपेक्षामा व्यवसायी
Next articleयात्रु ओसार्न नछाेडे टुटल र पठाओमाथि कारबाही हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।