टेली शृंखलामा निर्देशक ऋषिको दबदबा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेली शृंखला ‘परिचय’को प्रभाव जारी छ । सबैभन्दा लामो सिरियलको उपाधि पाएको ‘परिचय’ आमसर्वसाधारका लागि आफ्नो घरको कथा बन्यो । टेली शृंखलामा उनको दबदबा यस्तो लोभलाग्दो छ । उनको निर्देशन रहेको टेली शृंखला ‘दृष्टि’ अहिले हरेक साता ट्रेनिङमा पर्छ । कुनै समय टीआरपीमा पहिलो स्थानमा रहेको परिचयको प्रभाव अहिले पनि उत्तिकै छ । १७ वर्षदेखि निर्देशनमा सक्रिय ऋषि लामिछाने बजारमा अब्बल निर्देशक मानिन्छन् । अन्तर्राष्ट्रिय कम्पनी एसिनेल्सनले गरेको सर्वेक्षणअनुसार उनको सिरियल ‘परिचय’ चार वर्षसम्म टीआरपीमा पहिलो स्थानमा रहन सफल भयो ।

सायद उनको यही प्रभावले होला । टेलिभिजन कम्पनीका रोजाइका निर्देशक बनेका छन् ‘असारको पहिलो सातादेखि उनकै निर्देशनमा नयाँ सिरियल प्रसारण हुँदै छ ‘पाहुना’ । यतिबेला उनी यही टेली चलचित्रको छायांकनमा व्यस्त छन् । एकतिर दृष्टिको छायाँकन हरेक साता गर्दै आएका लामिछाने एकै साता दुईवटा शृंखला अब टेलिभिजनमा ल्याउँदै छन् ।
टेली शृंखला, सेल्युल्वाइड फिल्म र विज्ञापन एवं चेतनामूलक शृंखला निर्माणमा सक्रिय छन् निर्देशक ऋषि लामिछाने ।

सेल्युल्वाइड चलचित्र र टेली शृंखला निर्देशनमा विशेष दक्षता हासिल गरेका निर्देशक लामिछानेलाई लाग्न थालेको छ ‘अब नेपाली बजारलाई मात्रै हेरेर हुन्न । विश्व बजारका सिनेमा हेरेर मनोरञ्जन लिने दर्शकले हाम्रो कथा पनि हेर्नुपर्छ ।’ चलचित्र निर्देशनमै लामिछानेले आफूलाई स्थापित गरिसकेका छन् । उनले निर्देशन गरेका सफल चलचित्रमा आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान श्रीमती, किस्मत २, हबल्दार सुन्तली, सरी ल लगायत हुन् ।

अहिले तीन फिल्मको तयारीमा रहेका निर्देशक लामिछानेको महŒवकांक्षी प्रोजेक्ट हो, चलचित्र ‘आमा जानुहोस्’ । प्रसिद्ध साहित्यकार माया ठकुरीको कथा ‘आमा जानुहोस्’माथि चलचित्र बनाउने तयारीमा रहेका लामिछाने अहिले सोही चलचित्रको स्क्रिप्ट सेटिङमा छन् । स्क्रिप्टमाथि छलफल गरिरहेको अवस्थामा मैतीदेवीस्थित कार्यालयमा भेटिएका निर्देश लामिछानेले नयाँ फिल्मबारे बेली बिस्तार लगाउँदै भने ‘आमा जानुहोस्मा हामी हाम्रा घरभित्रका कथा भन्ने छौं, जुन कथा विदेशी फिल्म हेरेर मनोरञ्जन लिने दर्शकका लागि पनि रुचिको विषय हुनेछ ।’

यसमा आमा, छोरा र नाति तीन पुस्ताको प्रसंग समेटिएको छ । एउटा परिवारमा तीन पुस्ताको सम्बन्ध हुनु कुनै नौलो प्रसंग नहोला तर हरेक समुदाय र मुलुकमा तीन पुस्ताका सम्बन्ध गाँसिएको प्रसंग हुन्छन् र तिनका आयाम फरक शैलीका हुन सक्छन् । कुनै समाजमा आमा, श्रीमती र छोरी एउटै परिवारमा होलान् त कुनै समुदायमा तिनै पात्र छुट्टाछुट्टै स्थानमा आआफ्नै शैलीमा बाँचेका होलान् । जुनसुकै शैलीले जिउने वा बाँच्ने प्रयास गरे पनि उनीहरूको सम्बन्ध विशिष्ट हुन्छ । निर्देशक लामिछाने हाम्रो नेपाली शैली विश्वभरका दर्शकमाझ प्रस्ट्याउने योजनामा छन् ।

यस फिल्ममा कथावाचन शैली आफ्ना अघिल्ला फिल्मको तुलनामा फरक हुने जानकारी दिँदै उनले भने ‘यस फिल्ममा गीत, फाइट केही पनि हुनेछैन मात्रै मानवीय संवेदना हुनेछ ।’

अर्को फिल्म हो ‘असई साब’ । प्रस्ट विचार राख्ने निर्देशक लामिछाने भन्छन् ‘यो पुरै फर्मुला फिल्म हो यसमा गीत फाइट, रोनाधोना सब थोक हुन्छ फुल्ली कमर्सियल ।’ २०७२ सालमा भूकम्प गएपछि एउटा प्रेमिल जोडीले भोग्ने दुःखको कथा समेटिएको अर्को फिल्मबारे पनि छलफल सुरु भएको उनले जानकारी दिए ।

फिल्म, सिरियल र विभिन्न विज्ञापन । समय व्यवस्थाप कसरी गर्दा हुन् । उनको काम गर्ने स्टाइल फरक छ । यी सबै व्यवस्थापनका लागि विषेश टिम बनाएका छन् । जुन टिमले स्क्रिप्ट लेख्ने, कलाकार छनोट गर्नेदेखि सुटिङका लागि लोकेसन खोज्ने सबथोक काम गर्छ । फ्लोरमा जानुअघि उनी डिटिएल लिन्छन् र करेक्सन गर्नुपर्ने भए सुझाव दिन्छन् । हरेकलाई आआफ्नै कामको जिम्मेवारी दिएका निर्देशक लामिछाने फाइनल भने आफैं गर्छन् ।

डाइरेक्टर्स गिल्ड अफ नेपालका संस्थापक लामिछाने उक्त संस्थाको महासचिवसम्म भए । गएको निर्वाचनमा उनका सहकर्मीहरूले अध्यक्षका लागि प्रस्ताव गरेका थिए । तर, उनले मानेनन् ‘संघ संस्थाको काममा जुटेपछि आफ्नो काममा व्यवधान आउँछ ।’

थुप्रै अवार्डहरूमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जितेका यी निर्देशकले चलचित्र विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कार र विशेष फिल्म छनोट समितिमा निर्णायकको भूमिका निर्वाह गरेका छन् । अन्य थुप्रै प्रतिभा छनोट कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरेका लामिछाने भन्छन् ‘यसको निर्णायक क्षमता छ भनेर मलाई निर्णायकको जिम्मेवारी
दिए होलान् ।’

नेपालमा हुने प्रायः अवार्डमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउँदा सन्तुष्ट भए पनि विश्व बजारका लागि के दिएँ भनेर आफैंलाई प्रश्न गर्न गरेको बताउँछन् उनी । ‘मैले अवार्ड पाउँदा म मात्रै हैन मेरा शुभचिन्तक पनि खुसी भए होलान् तर, म आफैं पूर्ण सन्तुष्ट हुन सकेको छैन ।’ उनको दाबीलाई मान्ने हो भने कुनै पनि फिल्मले व्यापारिक रूपमा घाटा खाएका छैन । तर, पनि सफल निर्देशक भनेर घमण्ड गर्दैनन् । उनी भन्छन् ‘अब म केबल यही दुनियामा रमाएर मात्रै हुन्न । विश्व सिनेमाका दर्शकका लागि पनि सन्तुष्ट बनाउन सक्नुपर्छ ।’

The post टेली शृंखलामा निर्देशक ऋषिको दबदबा appeared first on Rajdhani Daily News.

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न अर्थमन्त्रीको निर्देशन

Previous articleअब गुराँसकाे बोट, हाँगाबिँगा काटे कारवाही !
Next articleप्रशिक्षणमा मिस टिन र मिसेस टुरिजम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।