अमेरिकाद्वारा युरोपेली मुलुकबाट हुने सबै उडान बन्द

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै युरोपेली मुलुकबाट आफ्नो देशमा हुने सबै उडान बन्द गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहानै टेलिभिजन सम्बोधनमार्फत
सो घोषणा गरेका हुन् । उनले एक महिनाका लागि हवाइ उडान बन्द गरेका जनाए पनि बेलायतको हकमा भने लागू नहुने उल्लेख गरेका छन् । सो प्रतिबन्ध बुधबार रातिदेखि लागू हुनेछ ।

बीबीसीका अनुसार, इटलीलगायत युरोपेली मुलुकमा कोरोना संक्रमणले महामारी रूप लिँदै गएपछि अमेरिकाले सो घोषणा गरेको हो ।

‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं,’ टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने ।

अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १सय ३५ छ । ३८ जनाको मृत्यु भइसकेको छ ।

The post अमेरिकाद्वारा युरोपेली मुलुकबाट हुने सबै उडान बन्द appeared first on Rajdhani Daily News.

सुनको मूल्य एक लाख एक सय

Previous articleओखलढुंगामा बोलेरो जीप दुर्घटना, ८ जना घाइते, २ को अवस्था गम्भीर
Next articleबूढीगङ्गा नगरपालिकामा आगलागी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।