Home Uncategorized कोरोना विशेष अस्पताल गर्ने स्वास्थ्यकर्मीलाई कोठा छोड्न चितवनका घरबेटीको उर्दी

कोरोना विशेष अस्पताल गर्ने स्वास्थ्यकर्मीलाई कोठा छोड्न चितवनका घरबेटीको उर्दी

भरतपुर । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा काम गर्ने एक स्वास्थ्यकर्मीलाई घरभेटीले कोठा छाड्न उर्दी जारी लगाएका छन् ।

कोरोना विशेष अस्पतालमा काम गरेको भन्ने थाहा पाएपछि घरभेटीले कोठा छाड्न दबाब दिएको गुनासो आएको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. अनिल विक्रम कार्कीले बताए ।

यस विषयमा चितवनका प्रमुख जिल्ला अधिकारीलार्इ समेत जानकारी गराइएको उनले बताए । यस अस्पतालमा काम गर्नेलाई हेर्ने दृष्टिकोण दुष्भावयुक्त रहेको डाक्टर कार्कीले गुनासो गरे ।

कोरोनाको महामारीको यस विषम परिस्थितिमा स्वास्थ्यकर्मीप्रति हौसला र प्रोत्साहन दिनुपर्नेमा उल्टै खराब मनाशय राखिनु आपत्तिजनक विषय भएको उनको भनाइ छ । चितवन पोष्टमा खबर छ !

राप्रपा: तीन पालिकाका जिताउन खनालको एक्लै दौडधुप

Previous articleपोर्चुगलमा तीन नेपालीमा कोरोना संक्रमण
Next articleलकडाउनले दिल्लीको सडकमा नेपालीको हरिबिजोक हेर्नुहोस लाईभ भिडियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।