रत्ननगर भद्रकाली टोलमा ४५० थान निशुल्क मास्क वितरण

उज्यालो नेपाल, चैत १३ चितवन !  रत्नननगर नगरपालिकाको वडा नम्बर १६ भद्रकाली टोलमा ४ सय पचास थान मास्क निशुल्क वितरण गरिएको छ । भद्रकाली टोल बिकास संस्थाले टोलमा मास्क वितरण गरेको हो । टोल बिकास संस्थाका प्रतिनिधि घरघरमा पुगेर कोरोना संक्रमणको खतरा बारे जानकारी दिदै मास्क वितरण गरिएको हो !

कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको टोल विकास संस्थाका अध्यक्ष जगन्नाथ नेपालले जनाए । ‘‘जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय बारे जानकारी लिएर घर घर पुगेको हुँ,’’, “यस्तो संकटको बेला सबैले आ–आफ्नो घरमा बस्नुपर्छ ।” उनले बताए !

bhadrakali pithuwa chitwan
टोलमा वितरण गर्न मास्क तयार गर्दै भद्रकाली टोल विकासका सदस्यहरु

टोल बिकास संस्थाका सचिव कृष्ण लामिछानेले जनचेतनाका लागि सानो प्रयास गरिएको बताए । रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले टोलका १०३ वर्षीय ज्यष्ठ नागरिकलाई मास्क लगाईदिएर कार्यक्रमको शुभारम्भ गरिएको थियो ! ह्वाईट रोज फर्निचर,  र.न.पा.१६ र भद्रकाली टोलको सहकार्यमा टोलका करिव ४५० सदस्यलाई निशुल्क मास्क वितरण गरिएको हो !

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्रे

Previous articleलकडाउनले दिल्लीको सडकमा नेपालीको हरिबिजोक हेर्नुहोस लाईभ भिडियो
Next articleआज २०७६ साल चैत १४ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।