रत्ननगर भद्रकाली टोलमा ४५० थान निशुल्क मास्क वितरण

0
51

उज्यालो नेपाल, चैत १३ चितवन !  रत्नननगर नगरपालिकाको वडा नम्बर १६ भद्रकाली टोलमा ४ सय पचास थान मास्क निशुल्क वितरण गरिएको छ । भद्रकाली टोल बिकास संस्थाले टोलमा मास्क वितरण गरेको हो । टोल बिकास संस्थाका प्रतिनिधि घरघरमा पुगेर कोरोना संक्रमणको खतरा बारे जानकारी दिदै मास्क वितरण गरिएको हो !

कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको टोल विकास संस्थाका अध्यक्ष जगन्नाथ नेपालले जनाए । ‘‘जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय बारे जानकारी लिएर घर घर पुगेको हुँ,’’, “यस्तो संकटको बेला सबैले आ–आफ्नो घरमा बस्नुपर्छ ।” उनले बताए !

bhadrakali pithuwa chitwan
टोलमा वितरण गर्न मास्क तयार गर्दै भद्रकाली टोल विकासका सदस्यहरु

टोल बिकास संस्थाका सचिव कृष्ण लामिछानेले जनचेतनाका लागि सानो प्रयास गरिएको बताए । रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले टोलका १०३ वर्षीय ज्यष्ठ नागरिकलाई मास्क लगाईदिएर कार्यक्रमको शुभारम्भ गरिएको थियो ! ह्वाईट रोज फर्निचर,  र.न.पा.१६ र भद्रकाली टोलको सहकार्यमा टोलका करिव ४५० सदस्यलाई निशुल्क मास्क वितरण गरिएको हो !

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्रे

Previous articleदाजु विदेशमा भएको मौका छोपी का’खको नाबालक छोरालाई एकातिर फा’लेर दुई देवरले भाउजुलाई के गरे यस्तो ?
Next articleएनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स १०० रिचार्ज गर्दा अर्को १२० व्यालेन्स पाईने