१६ चैत, काठमाडौं । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । यो निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट दिनुपर्नेछ।
के कोरोना भाईरस कुकुर बाट मानिसमा सर्छ ? यो पनि पढ्नुहोस् !
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ताः बजेट अधिवेशन आह्वान सम्बन्धमा छलफल


