आज वि. सं. २०७६ साल चैत १७ गते सोमबार,, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

0
48

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । विद्यार्थीहरुले मेहनत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरुले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दि आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पति प्रयोग गर्न पाइनेछ । नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । प्रयत्न गर्दा न्युन आम्दानी हुनेछ भने व्यापार व्यवसायमा मन्दि आउनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।]

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने तथा टाढिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । गोप्य सूचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलव्धि मुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा विलाशि बस्तु उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा वा आमासँग मनमुटाब बढ्ने हुँदा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाति सम्बन्धि समस्या बढ्नेछ । पढाइ लेखाइमा विभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरुमा मन्दि आउँनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषि गणेश काफ्ले ।

गठबन्धनको नाममा महिलाको अधिकार खोसियो : सुरेन्द्र पाण्डे

Previous articleआज २०७६ साल चैत १४ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Next articleलकडाउनमा मेला, ४ हजारको भीड, झडप हुँदा १२ घाईते