लकडाउनमा पिकनिक खान गएकाहरु प्रहरी देख्ने वित्तिकै वियर र कुखुरा छाडेर फरार

0
64

पाल्पा २४ चैत । विश्वनै कोरोनाको चपेटामा परिरहेको बेला यता पाल्पाका केही व्यक्तिहरु भने समूह जम्मा गरी रमाइलोमा जुटेको पाइएको छ । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरी पाल्पामा आइतबार बेलुकी पिकनिक खान गएको समूहमाथि प्रहरीले कारबाही अगाडि बढाउने भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ८, बराङ्दी शिद्धबावा मन्दिर नजिकै पिकनिक खाने समूहमाथि प्रहरीले सुराकीको आधारमा छापा मार्न जादा प्रहरीलाई देख्ना साथ सरसामान छोडी भागाभाग मच्चिएको थियो ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको उल्लङ्घन गरेर पिकनिक खान गएका केही समूहले पिकनिक खानका लागि सामग्री छाडेर भागेपछि प्रहरीले ती सामान बरामद गरेको हो । लकडाउनको समयमा अटेर गरी पिकनिक खान गएको सूचनापछि तानसेन भुसलडाँडास्थित अस्थायी प्रहरी पोष्टको टोली त्यस स्थानमा नपुग्दैँ पिकनिक खाने टोली फरार भएको थियो ।

प्रहरी नायब निरीक्षक घनश्याम पाण्डेको नेतृत्वमा गएको टोलीले पिकनिक खाने समूहले छाडेर गएको एक कार्टुन वियर, २ वटा बोइलर कुखुरा, मसला, चिउरा, खेल सामग्री, पकाउने भाँडो समेत बरामद गरेको हो । सोही स्थानबाट प्रहरीले लु ४१ प ५६९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीले लकडाउनमा अटेर गरेर पिकनिक खाने समूहको खोजी गरिरहेको जनाएको छ ।

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

Previous articleआज २०७६ साल चैत १४ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Next articleलकडाउनमा मेला, ४ हजारको भीड, झडप हुँदा १२ घाईते