कोरोना कोषमा जम्मा गर्न प्रहरी कर्मचारीको तलब काटिने

Click Image

प्रहरी प्रधानकार्यालयले प्रहरी सहायक निरीक्षक (असई) देखि माथिल्ला तहका प्रहरी अधिकारीहरूको केहीदिनको तलब कट्टा गरेर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको छ। वैशाख महिनाको तलबबाट पद अनुसार तीन देखि सात दिन सम्मको तलब कोषको खातामा जम्मा गर्न प्रहरी प्रधानकार्यालयको आर्थिक प्रशासन महाशाखाले पत्र काटेको छ।

‘नेपाल प्रहरीमा कार्यरत अधिकृतस्तरसम्मका कर्मचारीहरूले प्राप्त गर्ने तलबबाट देहाय अनुसारको रकम जम्मा गर्नुपर्ने भएको हुँदा तहाँ कार्यालयहरूले राष्ट्रिय बाणिज्य बैंकमा रहेको कोषको खातामा २०७७ वैशाख महिनाको तलबबाट रकम कट्टा गरी सो कोषमा जम्मा गर्न गराउन निर्देशनानुसार अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ, ‘साथै जम्मा गरिएको रकमको भौचरको प्रतिलिपि एकमुष्ट संकलन गरी यस महाशाखामा पठाउनुहुन अनुरोध गरिएको छ।’

प्रहरी सहायक निरीक्षक र नायव प्रहरी निरीक्षकले ३ दिनको तलब, प्रहरी निरीक्षक, प्रहरी नायब उपरिक्षक र प्रहरी उपरिक्षकले पाँचदिनको तलब, प्रहरी बरिष्ठ उपरिक्षक देखि महानिरिक्षकसम्मले सातदिनको तलब कोषमा जम्मा गर्नुपर्ने छ।

पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

Previous articleरत्ननगर वडा नं. १६ मा अति विपन्न वर्गलाई राहत वितरण (भिडियो)
Next articleआज वि.सं. २०७६ चैत्र २७ गते बिहीबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।