चार हजार कोरोना भाइरस परिक्षण किट शुक्रबार कोरिया बाट नेपाल पुग्दै ,तीन घण्टामै रिजल्ट दिने

सविना कार्की दक्षिण काेरिया, समयमै कोरोना भाइरस चेकजाँच र रोकथामका सामाग्री नेपाल पठाउन ढिला भएको प्रति एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले स्पष्ट पारेका छन । समयमै नेपाल हेल्थ किट लगाएतका सामाग्रीहरु पठाउन हरदम प्रयास गरेपनि नेपालको बिमानस्थल बन्द भएकाले प्राविधिक तयारी गर्दा गदै ढिला भएको सुवेदीले बताएका हुन ।

सुवेदीका अनुसार पहिलो चरणमा कोरिया बाट ४ हजार कोरोना परिक्षण किट र ५०० सय HIGH SENSITIVE COVID KITS HPPE SETS शुक्रबार बिहान ११ बजेर २५ मिनेटको जहाज मार्फत नेपाल पठाइने छ । उक्त जहाज नेपाली समय अनुसार दिउसो तीन बजेर ३० मिनेटमा पुग्ने छ ।

नेपाल पठाउने स्वास्थ सामग्री बारे नेपाली दुतावासलाइ जानकारी गराउदै एनआरएन कार्य समिति का पदाधिकारीहरु ,निवर्तमान अध्यक्ष लक्ष्मि गुरुङ लगाएत

नेपाल पठाउने स्वास्थ सामग्री बारे नेपाली दुतावासलाइ जानकारी गराउदै एनआरएन कार्य समिति का पदाधिकारीहरु ,निवर्तमान अध्यक्ष लक्ष्मि गुरुङ लगाएत अब अन्तिम चरणमा पुगेको छ सकभर हामी एकदुइ दिनमै नेपाल समान पु¥याउने छौ सुवेदीको भनाइ छ । ढिला हुन गएका प्रति फेसबुक लाइफ मार्फत उनले सबै सग क्षमायाचना समेत गरेका छन ।

यस अभियानका संयोजक तथा एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष यदु लामीछानेका अनुसार अर्को कुनै अबरोध नभए १० तारिखमा सामाग्रीहरु नेपाल पुग्ने छन । सबै तयारी भैसकेको छ अब जहाज उडन मात्रै बाकी हो लामीछानेले बताए ।तीन घण्टामै कोरोना भाइरस लागेको वा नलागेको रिजल्ट दिन सक्ने उक्त चार हजार किट नेपाल पुगे पछि कोरोना भाइरस परिक्षणमा भैरहेको ढिलासुस्तीमा केही राहत हुने आशा गरिएको छ ।

कम रेटमा वा ४० हजार डलरमा ४ हजार हेल्थ किट पचास प्रतिशत कममा खरिद गरेको पनि उनले बताए । बचेको खर्चबाट ५ सय पिपिइ सेट पनि राखिएको उनको भनाइ छ । अरु सामान चीनमा खरिद गरिएको हो । चिनमा खरिद गरिएको सामान पिपिइ सेट २ हजार , यान नाइन्टि फाइप मास्क १० हजार पिस ,सर्जिकल मास्क २० हजार पिस, पन्जा १० हजार पिस र थर्ममिटर ५ सय पिस खरिद गरिएको हो । उक्त सामान पनि चिनमा भण्डारण गरि राखेको र उपयुक्त नेपाल जाने हवाई सेवाको पर्खाइमा रहेको बताएका छन् ।

एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी

गत मार्चको अन्तिममा एनआरएनए कोरियाको संयोजकत्व र स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा एक व्यक्ति एक कीट अभियान सञ्चालन गरि सबै बाट आर्थिक संकलन गरिएको थियो । २ हजार कीट खरिदका लागि ४० लाख रुपैयाँ उठाउने भनिएको भए पनि तीन दिनमै उक्त अभियानमा माग भन्दा तेब्बर बढि रकम १ करोड ४० लाख रुपैयाँ जम्मा भएको थियो ।

तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

Previous articleउपत्यकाबाट बाहिर जान दिने सूचनामा सरकारी झेल, प्रधानमन्त्रीका आईटी विशेषज्ञले गरे फेसबुक पेज डिलिट
Next articleआज वि.सं. २०७६ चैत २८ गते, शुक्रबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।