उपत्यकाबाट बाहिर जान दिने सूचनामा सरकारी झेल, प्रधानमन्त्रीका आईटी विशेषज्ञले गरे फेसबुक पेज डिलिट

चैत २८ र २९ गते सर्वसाधारणलाई उपत्यकाबाट बाहिर जान दिने समाचार सार्वजनिक भएको दुई घन्टा नबित्दै यस्तो निर्णय नभएको समाचार बाहिरियो । यतिबेला सामाजिक संजालमा नेपाली संचारमाध्यममाथि टिका टिप्पणी भैरहेका छन् । कतिपयले संचारमाध्यमको बिश्वासमाथि नै आशंका व्यक्त गरेका छन्। तर, यो सूचना प्रधानमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको खुलेको छ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज मा नै यो सूचना पोष्ट गरिएको थियो। ‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’ पेजमा पोष्ट गरिएको सूचनामा भनिएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यस विषयमा प्रस्ताव आएको तर कुनै निर्णय नभएको बताएका छन्। उनले आज उच्चस्तरीय समन्वय समितिको बैठक नै नभएको र कुनै कार्यसूची समेत नभएको समेत बताएका छन् ।

पोखरेलको यो विज्ञप्ति आएलगतै सचिवालयले स्टाटस एडिट गरेको छ। ‘ स्थानिय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।’ अपडेट गरिएको स्टाटसमा भनिएको थियो। तर अहिले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज नै नखुल्ने बनाईएको छ !

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

Previous articleकाठमाडौँमा फसे’कालाई खुसीको खबर, भोलि र पर्सि गाउँ जान पाईने
Next articleचार हजार कोरोना भाइरस परिक्षण किट शुक्रबार कोरिया बाट नेपाल पुग्दै ,तीन घण्टामै रिजल्ट दिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।