कोरोना टेस्टको रिपोर्ट नआउँदै आइसोलेसन वार्डबाट भागे दुईजना

३० चैत, काठमाडौं । डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् । शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् । कोभिड-१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।

चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो ।अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ । आइसोलेसन वार्डमा रहेका दुवै जनाले अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले अनलाइनखबरलाई जानकारी दिए ।

लकडाउनमा खटिने सुरक्षाकर्मीलाई किसानले खुवाए दूध

दाङ. कोरोनाको संक्रमणबाट सर्तकता अपनाउन रातदिन खटिने सरक्षाकर्मीलाई तुलसीपुरका किसानले दूध उपलब्ध गराएका छन् । शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई १ सय १० लिटर दूध उपलब्ध गराएको राष्ट्रिय पशुपालक दूग्ध उत्पादन समाज नगरकमिटी तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले जानकारी दिनुभयो ।

नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले लकडाउनलाई पूर्णरुपमा पालना गराउन खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै उनीहरुको मनोवल बढाउन दूध उपलब्ध गराएको डाँगीले बताउनुभयो ।

१०६ वर्षीया वृद्धाबाट मतदान

Previous articleमन्दिर सम्झँदै कोरियन चर्चमा काटेका रातहरु…
Next articleलामो समय देखिको विवाद टुंगियो अन्ततः एनसेलले तिर्यो १४ अर्ब ३३ करोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।