कोरियामा इपिएस कामदारलाई थप ५० दिन भिषा

कोरियामा इपिएस कामदारलाई थप ५० दिन भिषा थप हुने भएको छ । कोरियन श्रम मन्त्रलयको निर्णय अनुसार भोली अप्रिल १४ देखि लागु हुने गरि ईपिएस अन्तर्गत कोरिया आएर भिषा अवधि सकिन लागेर कोरोना महामारीको कारणले आफ्नो देश जान नसकेको प्रवासी श्रमिकलाई ५० दिनको भिषा थप गर्ने भएको हो । अवधि सकिन लगेर आफ्नो देश फर्कन तयारीमा रहेको इपिएस ई ९ भिषा श्रमिकको संख्या १८ हजार ५०० छ ।

कोरोना नियन्त्रणमा कोरियाको प्रबिधि विश्वकै उच्च,अमेरिका पछी डब्लुएचओले पनि माग्यो सहयोग

कोरोना भाइरस नियन्त्रणको लागी दक्षिण कोरियाले चालेको प्रबिधि विश्वकै अग्र स्थानमा परेको छ l भाइरसले माहामारीको रुप लिएको डेढ महिनामै सहज तरिकाले नियन्त्रण गर्न सफल दक्षिण कोरियालाई विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्वको विश्व लडाइमा अग्रपङ्तिमा आउन अनुरोध गरेको छ l

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस एडानोम गैब्रेससले राष्ट्रपति मुन जे इनलाई फोन सम्पर्क गर्दै कोरोना बिरुद्वको विश्व लडाइमा दक्षिण कोरियाले नेतृत्व लिन समेत आग्रह गरेका छन् l

उनले कोरोना बिरुद्वको लडाइमा दक्षिण कोरियाको प्रबिधि सबैले अनुशरण गर्नु पर्ने पनि बताए l “दक्षिण कोरियाले नेतृत्व लिदा अन्य देशले पनि उसकै सिको गर्नेछन ” l गैब्रेसस को मुख्य आसय थियो l २५ मिनेटको फोन बार्तामा उनले राष्ट्रपति मुनलाइ कोरोना नियन्त्रणमा दक्षिण कोरियाको प्रबिधि अपनाउन विश्वलाई प्रेरित गर्न समेत अनुरोध गरेका छन् l

गैब्रेससले राष्ट्रपति मुनालाई अफ्रिकी मुलुकहरुलाई कोरोना चेक अप किट तथा अन्य स्वास्थ्य सामाग्री प्रदान गर्ने तर्फ ध्यान दिन पनि आग्रह गरेका छन् l

यसभन्दा पहिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशलाई कोरोना नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए l

दक्षिण कोरियामा गत फेब्रुरीको दोस्रो हप्तातिर महामारीको रुपमा फैलिएको कोरोना भाइरस डेढ महिनामै नियन्त्रणमा आउन सफल भएको छ l महामारीका कारण १० हजार भन्दा बढी संक्रमित भएपनि करीव ७० प्रतिशत निको भैसकेका छन् l नयाँ संक्रमित थापिने क्रम पनि क्रमश घट्दै गैरहेको छ l( योंघाप ) किशन गौतमले तयार पार्नुभएको यो सामाग्री हामीले हेल्लोनेपालकोरिया डट कम बाट साभार गरेका हौँ !

रत्ननगर १ मा २०० मत गन्दा वडासदस्यले कति मत पाए?

Previous articleवीरगन्जबाट ३५ जनासँगै बसमा कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला
Next articleकाठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।