वीरगन्जबाट ३५ जनासँगै बसमा कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला

काठमाडौं । कैलालीमा कोरोना पोजेटिभ देखिएकी ६० वर्षीया बृद्धा वीरगन्जबाट ३५ जनासँगै कैलाली पुगेको खुलेको छ । प्रहरी स्रोतका अनुसार लकडाउन भएपछि १७ गते ती महिलासहित अन्य ३५ जना बसमा कैलाली पुगेका थिए । उनीहरु १८ गते कैलाली पुगेका थिए । १८ गतेबाट २९ गतेसम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

लकडाउनका कारण अलपत्र परेपछि स्थानीय प्रशासनले उनीसहित ३५ जनालाई बस बुकिङ गरेर कैलाली पुर्‍याएको थियो । उनी वीरगन्जस्थित बसपार्कमा चिया पसल गर्दै आएकी थिइन् । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकामा छ ।

वीरगन्जबाट कैलाली पुगेको ३५ जनाकै समूहलाई विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जसमध्ये कोरोना पोजेटिभ देखिएकी महिलासहित १७ जनालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । केही दिनअघि ती महिलासहित अन्यको र्‍यापिड टेष्ट गरिएको थियो । र्‍यापिड टेष्टमा नेगेटिभ देखिएको थियो ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले बताए । कोरोनापोजेटिभ देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बसेका १७ जनालाई फिर्ता बोलाइएको छ । शनिबार र्‍यापिड टेस्ट किटमा पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पीसीआर मेसिनमा पुनः परीक्षणका लागि पठाइउको थियो । त्यहाँ पनि पोजेटिभ देखिएको थियो ।

२०० मत गन्दा रत्ननगरमा प्रलाद सापकोटा अगाडी

Previous articleआज वि.सं. २०७७ साल वैशाख १ गते, सोमबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleकोरियामा इपिएस कामदारलाई थप ५० दिन भिषा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।