काठमाडौं । गुल्मीमा सोमबार दिउँसो आगलागी हुँदा एक बाललको ज्यान गएको छ । ज्यान जानेमा समिर खनाल रहेका छन् । रहेका छन् । चन्द्रकोट गाउँपालिका वडा नं। ४ शान्तिपुरका १६ वर्षीय समिर खनालको आगलागी हुँदा ज्यान गएको हो । भने घर मालिक घाइते भएका छन् । ३ तले पक्की घरमा बिहान ११ः५० बजे आगलागी भएको थियो ।
मृत्यु भएका १४ वर्षीय समिर पूर्णबहादुरका कान्छा छोरा हुन् । खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए । लकडाउनका कारण तीनै जना घरमा थिए ।

आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर नसक्दा उनको ज्यान गएको हो । आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।खत्रीका अनुसार खाद्यान्न र ग्यासको समेत पसल रहेको साढे दुई तलाको पक्की घर पूर्ण रूपमा क्षति भएको छ।
घरको भुइँतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको छ भने उनका बुवाआमा दुवै जना घाइते भएकोले उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाइएको अध्यक्ष खत्रीले जानकारी दिए। जेठो छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हाम फालेर ज्यान जोगिएको अध्यक्ष खत्रीले जानकारी दिए। आगलागी कसरी भयो यसबारे आफूलाई थाहा नभएको उनले बताए। आगलागीपछि ग्याँसको सिलिण्डर पड्किँदा घरमा बढी क्षति भएको अध्यक्ष खत्रीले जानकारी दिए।
कोरोनाबाट अमेरिकामा गयो १० नेपालीको ज्यान
अमेरिका । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो ।

यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ ।
अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआउनुभएका कारण शव यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले राससलाई जानकारी दिए । भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

यसैबीच, भण्डारीले नेपालीलगायत सबैको निधन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिए । कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा छन् ।
अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएकोमा २५ देखि ३० प्रतिशतले स्वास्थ्यलाभ गरेको बताइएको छ ।


