Home Uncategorized ‘१७ महिने छोरा घरमा छाडी कोरोना ल्या’बमा बिरा’मिलाइ यसरी सेवा गर्दै छिन...

‘१७ महिने छोरा घरमा छाडी कोरोना ल्या’बमा बिरा’मिलाइ यसरी सेवा गर्दै छिन कन्चन

सोमबार उनीसँग टेलिफोनमा सम्वाद गर्दा पछाडीबाट तोते बोली सुनिदै थियो। कुराकानीकै बिचमा पनि उनी त्यो बोलीसँग रमाउँदै गरेको प्रष्ट बुझिन्थ्यो। त्यती बेला उनी घरमै भएर पनि होला हामीसँग बोल्दाबोल्दै छोरालाई सुमसुम्याईरहेकी थिईन्। सेवारत कर्मचारी भएकाले पनि हुनुपर्छ, कामको सिलसिलामा कार्यालयमा हुँदा १७ महिने छोराको पीर उनलाई कहिल्यै परेन्।

सासुआमा, जेठानीले घरमा छोराको हेरचाह गरेकै हुन्छन्। सेती प्रादेशिक अस्पतालमा झण्डै तीन वर्षदेखि ल्याब टेक्नोलोजिष्टका रुपमा कार्यरत उनै कञ्चन बिष्टलाई काम गर्दा छोराकै झल्कोले घरीघरी सताउँछ अचेल । कारण, हिजो र आजको परस्थिती फरक भएर। हुन त सेती प्रादेशिक अस्पतालमा एचआईभी एड्स जस्ता संक्रामक रोगहरुका विरामीको नमूनासँग खेल्ने बानी बसिसकेको थियो।

तर पछिल्लो पटक विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका शंकास्पद विरामीको नमूनासँग ल्याबमा खेल्न थालेको धेरै भएको छैन्। जनरल ल्याब र कोरोना परीक्षण ल्याबमा काम गर्दाको अनुभव फरक छ उनीसँग। ‘पहिले मान्छेहरुले के गर्नुहुन्छ ? भनेर सोध्दा ल्याबमा रगत, दिसापिसाब जाँच भन्ने मात्र हुन्थ्यो नी हैन्। त्यो बाहेक अहिले हाम्रोमा पीसीआर मेसिन सञ्चालन गरिएको छ।’

अनुभव बाड्दै उनी भन्छिन्, ‘पहिलाको भन्दा धेरै फरक छ। हुन त मैले एचआईभी भाईरल भारको परीक्षणका पीसीआर मेसिन चलाईरहेको हुन्थे। त्यो अटोमेटिक (स्वचालित) थियो तर अहिले म्यानुअल (हातले चलाउनुपर्ने) सिस्टम छ त्यसले गर्दा पूरै फरक छ।’ त्यती मात्र होईन कोरोनाका सम्भावित र शंकास्पद विरामीका नमूना परीक्षण गर्नुपर्ने भएकाले जोखिम पनि उत्तिकै छ।

नमुना परीक्षण गर्दा प्रयोगशालाकर्मीको दूरी शुन्य हुँदा संक्रमितको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मी भन्दा उनीहरु बढि जोखिममा हुन्छन्। तरपनी उत्साहित र दृढ अठोट लिएर काम गर्दै आएको बिष्ट बताउँछिन्। ‘डर छ तरपनि मनमा उत्साह छ, निराश भएर कामै गर्न सकिदैन्। तर बाबु सानो भएकाले कहिलेकही व्यर्थै काम गरिएछ जस्तो पनि लाग्छ।

मलाई केही भएपछि बाबुको के होला भनेर उसको लागि पनि पीर लाग्छ।’ काम गर्दा मनमा बाबुको झस्को पसिरहन्छ होईन् ?‘परिरहन्छ… त्यो त परिरहन्छ…..भईरहदो रहेछ काम गर्ने बेला सधै एउटै खालको पीपीई, मास्क पनि हुदैन्। केयर गर्छु भन्दाभन्दै कहिलेकही आफूबाट पनि मिस्टेक भएर बाबुकै याद आउँछ। बच्चाले गर्दा किन गरेको हुउँला जस्तो हुने तर गर्नैपर्यो।’

कोरोना भाईरसको संक्रमण भए÷नभएको कुरा पुष्टि गर्ने सबैभन्दा ठुलो जिम्मेवारी प्रयोगशालाकर्मीकै हो। कुनै त्रुटी भए त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर मात्र पार्दैन्? विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाले समुदायका सबै मानिस जोखिममा पर्न सक्छन्। त्यही दायित्वलाई पूरा गर्न अहोरात्र खटिएका प्रयोगशालाकर्मी पनि अन्य बेलाको भन्दा सजग र सचेत भई काम गर्नुपर्ने स्थिती छ।

’कोरोनाको परीक्षण र सामान्य जाँच गर्दाको होसियार सम्भवः तुलना नै गर्न मिल्दैन् होला। हामी यति धेरै सावधान छौँ की रिर्पोटिङ गर्दा पनि दुई÷तीन पटक, कसैको कन्फ्युज भए फेरी राखेर परीक्षण गरिरहेका हुन्छौँ।’ बिष्टले भनिन्। ‘ल्याबमा हामी जतीजना काम गरिरहेका छौँ। हामीले धेरै होसियारी पूर्वक काम गरिरहेका छौँ सायदै अहिले सम्म यतिधेरै सावधानी अपनाएका थिएनौँ होला।’

तर कोरोना भाईरसका शंकास्पद विरामीको नमूनासँग खेल्दाखेल्दै उनीहरुलाई बाहिर भनिए जस्तो भयानक रोग होईन् भन्ने लागिसकेको पनि विष्ट बताउँछिन्। सबैलाई सकारात्मक सन्देश दिदै बिष्टले भनिन्, ‘कोरोनालाई लिएर जती डर, त्रास हामीमा छ त्यती डराईहाल्नुपर्ने अवस्था होईन्। हामीसँग प्रतिरोधात्मक क्षमता राम्रो छ भने धेरै डराउँनु पर्दैन्।

मिडिया र सामाजिक सञ्जालमा सानो कुरा पनि ठुलो भईरहेकाले पनि हो की ? मान्छेहरु त्रसित भएका छन्। तर आफू सावधानमी अपनाऔँ त्रसित भएर नबसौँ।’ जनक विष्ट / दिनेश खवर डटकम

जलयात्रा बिस्तार गर्दै पोखरा पर्यटन परिषद्

Previous articleबेलायतमा पहिलोपटक कोरोना भाइरसको भ्याक्सिन मानवमा परीक्षण गरिँदै
Next articleबला’त्का’री किच’कन्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।