Part- 10 conclusion part !

Part- 10 conclusion part !

मेसेजमा नि राम्रोसँग कुरा भएको थिएन !
गएँ , लोकन्थलीको रेड रोज क्याफे ! हामी सधैँ भेट्ने ठाउँ ! म गएर बसेँ ऊ आइपुगेकी थिइन ! केही बेरमा ऊ आइपुगी र उसलाई जुन रुपमा देखेँ , म हेरेको हेर्यै भएँ ! स्कुटर क्याफे अघि रोकि हेल्मेट खोलि ! कहिल्यै कुर्था नलगाउने मान्छे , अलि मोर्ड्न हुन रुचाउने ऊ आज ऊ कालो जिन्स र निलो टप्स लगाएर लगाएर आएकी थिइ! निधारमा रातो टिका थियो , गलामा टल्कने पोते थियो अनि बिचमा सिउँदो बनाएर दुइतिर कपाल फिँजाएकी थिइ र त्यो सिउँदो भरी रातो सिंदुर थियो ! कस्तो सुहाएको उसको सिउँदोमा सिंदुर , कस्तो राम्र्क देखिएको उसको गलामा पोते ! अनि कस्तो सुहाएको उसलाई निधारमा त्यो रातो टीका ! वाह! तर अपसोच त्यो सिउँदोको सिंदुर मेरो थिएन , त्यो गलाको पोते मेरो नामको थिएन! कहिल्यै सोचेको थिइन मैले उसलाई कहिल्यै अरुको कारणले यो रुपमा देख्छु भनेर ! सबै कुरा सिसा झैँ झर्ल्यामझुर्लुम्म भए मेरै आँखा अगाडि ! सबै सपनाहरु ! आँखा टिलपिल टिलपिल थिए तर खस्न सकेनन आँखाबाट !
ऊ मेरो सामुन्ने आइ र बसि ! आँखाबाट आँसु खसाल्दै उसलाई हेरेको हेर्यै भएँ म ! मुख खुलेनन मेरा ! केही बोल्न सकिन ! आँट नै आएन!
“आभास ! थाहा छ मलाई यो रुपमा यसरी देख्दा तिमीलाई कति पीडा भइरहेको होला भनेर ! के भनौँ कसरी भनौँ आभास ! तिमीसँग जति नजिक भए पनि मैले कहिल्यै आकाशलाई भुल्न सकेको थिइनँ ! हरेक पल याद आउँथ्यो ऊ मलाई ! तिमीसँग जुन जुन रुपले नजिक भएँ हरेक पल सम्झन्थेँ आकाशलाई ! चाहेर पनि बिर्सन सकेको थिइनँ उसलाई !
तिमी ब्याचलर पढन सुरु गरेको लगबग एक बर्ष हुन लाग्दा एक दिन राती उसको फोन आएको थियो! यति रोयो नि आभास ऊ मेरो लागि , उसले मेरो अघि माया को भिक माग्दै थियो ! कहिल्यै देखेको थिइनँ केटा मान्छे त्यसरी रोएको ! त्यो दिन त खासै केही कुरा गरिनँ मैले तर त्यसपछि उसको आँसु सहन सकिन मैले ! दिन दिनै फेरि हाम्रो कुरा हुन थाल्यो ऊ हरेक पटक मलाई आफ्नो बनाउने पहिला जस्तो केही नमाग्ने मेरो चहाना बिपरित भन्न थाल्यो ! उसको अघि मेरो केही लागेन आभास !आखिर “पहिलो प्रेम कहाँ भुलाउन सकिने रहेछ र !” आभास ! आकाश मेरो पहिलो प्रेम जो थियो ! उसले मेरो घर परिवार सबैसँग कुरा गर्यो ! मेरो परिवार र उसको परिवारको सल्लाहमा मेरो बिवाह पक्का भयो र एक महिना अघि मेरो बिवाह भयो आकाशसँग ! म खुसी पनि थिएँ मेरो पहिलो प्रेम मेरो भयो भन्ने कुरामा ! तर नराम्रो पनि लागेको थियो , मैले तिमीलाई धोका दिएँ भन्ने कुराले ! मैले मेरो बारे मात्र सोचेँ आभास तिम्रो बारे सोचिनँ मलाई जे भन्न नि सक्छौ आभास तिमीले चरित्रहीन , स्वार्थी ! हो म स्वार्थी भएँ आफ्नो प्रेमको लागि ! म माफीको लायक त छैन तर पनि मलाई माफ गरिदेउ आभास सक्छौ भने ! कहिल्यै ॠण तिरेर सक्ने छैन म तिमीले मलाई लगाएको गुणको ! ”
ऊ बोल्दै गइ ! मलाई केही बोलुँ जस्तो नि आएन !बस आँखाबाट अविरल बगिरहे !
त्यति प्यारीलाग्ने दियाको बोलिमा आज मैले कठोरता भेटेँ ! ऊ बोल्दै गइ;”आभास म कहिल्यै बिर्सन सक्दिन तिमीले कलेज पढ्दा गरेको सहयोगको ! मेरो जिन्दगीको गरेक मोडमा दिएको साथ कहिल्यै बिर्सन सक्दिन आभास !
आइ एम सरी !
बाध्यता समयले यस्तो गरायो ! तिमी यती प्यारा छौ नि आभास जो कोहिले तिमीजस्तै जीवनसाथि पाओस भनेर कामना गर्छ ! तिमीलाई पाउने मान्छे संसारकै सबैभन्दा भाग्यमानी हुन्छ ! तिमीले तिमीले गर्ने भन्दा धेरै माया गर्ने पाउँछौ आभास !
अब केही हप्तामै आकासँग म अमेरिका जाँदै छु ! आफ्नो ख्याल गर्नु! आभास ,सायद यो हाम्रो अन्तिम भेट हुनेछ ! ।आइ एम सरी !”
यति बोली जुरुक्क उठेर गइ म हेरिराखेँ ! आँखाबाट आँसु खसिराखे ! अँह उसले फर्केर एकचोटी पनि हेरिनँ ! न त मैले बाइ गर्नलाई हात नै उठाउन सकेँ !

THE END

यो कथालाई यहाँसम्म माया गरिदिनु हुने हौसला दिनु हुने सबैलाई धेरै धेरै धन्यवाद !?❤️❤️❤️
कसैलाई पनि नजिक बनाएर , आफ्नो पनको आभास दिलाएर , टाढा नभइदिनुस , प्रेम गर्न सिकौँ प्रेम छुटाउन होइन !
धन्यवाद !

नेपाल र भारत साझा संस्कृतिका देशः पूर्वमन्त्री ढकाल

Previous articleबिहेको पहिलो रातमा भाग – २
Next articleबिहेको पहिलो रातमा – भाग १
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।