अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने समय फेरी थपियो, लकडाउनबारे निर्णय भोलि मात्रै हुने

१२ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

लकडाउनबारे निर्णय भोलि मात्रै हुने

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।

सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेको थियो । समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको छ । तेस्रो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सकिँदैछ । उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।

चितवनका युवक कोरोनामुक्त, डिस्चार्जको तयारी

१३ वैशाख, चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका- ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवत: डिस्चार्ज गर्छौँ, अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने । ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो । उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलले बताए ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा-छोराको र्‍यापिड टेस्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य लाभ भएर घर फर्किने ११ बिरामी बागलुङकी १९ वर्षीय अंशु सापकोटा हुन् ।

आ. व. २०७९-८० को बजेट आज प्रस्तुत गरिंदै, १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी

Previous articleआफ्नै ज्या’न खत’रामा हालेर देश र जनताको सुरक्षामा खटेको एक राष्ट्रप्रेमी सि’पाही हुँ :सर्वेन्द्र खनाल
Next articleमजदुरी गर्न विदेश गएका श्रीमान्लाई धोका, छिमेकीलाई ‘कान्छो पो’इ बनाएर रा’सलीला’ ! यसरी खुल्यो पो’ल….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।