महेश बस्नेत नेकपा एमालेका नेता हुन् । उनले सुशील कोइरालाको मन्त्रीपरिषदमा नेपालको उद्योग मन्त्री पदभार सम्हालेका थिए । सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष भए तथा सन् २००९ मा उनी युवासंघको अध्यक्ष भए । भक्तपुर जिल्ला क्षेत्र-२ बाट यिनले सन् २०७० सालको चुनाव हारेका थिए । उद्योग मन्त्री रहँदा भूकम्पग्रसित उद्योगलाई यिनले ऋण माफी गरिदिए ।
उनले कुनै समयमा विराटनगरको गु’ण्डानायके तथा नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतलाई सार्वजनिक समर्थन दिएका थिए । यिनले पर्शुराम माथिको आ’रोप फिर्ता लिनुपर्ने अडान राख्दै नागरिक दैनिकलाई बन्द गरी नारायण वाग्ले लाई जेलचलान गर्ने धम्की दिएका थिए ।
महेश बस्नेत चर्चित र वि’वादित ब्यक्तित्व हुन नेपाली राजनीतिमा । कतिपयले उनलाई माओवादीको बाइसीएललाई तह लगाउन जन्मेको ‘हिरो’ छवि भएको ब्यक्ति मान्छन् भने अर्काथरीले उनलाई गु’ण्डागर्दीलाई प्रोत्साहन दिएर राजनीतिमा पसेको ब्यक्ति समेत भन्छन्
![]()
नेकपा एमालेको ९ औं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन पनि बस्नेतको सक्रियता रह्यो । ओलीलाई अध्यक्ष बनाउन खेलेको भूमिकाकै कारण २०७० साल मंसिर ४ गते भएको संविधानसभाको द्राेसाे निर्वाचनमा पराजित भए पनि बस्नेतलाई मन्त्री बन्ने अवसर जुर्यो । मन्त्री बनेपछि भने बस्नेतको चर्चा क्रमश ओसिँदै गयो । राजनीति वृतमा अहिले फेरि बस्नेतको चर्चा भइहेको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरुले बस्नेतलाई सांसद अ’पहरण गरेको आरोप समेत लगाएका छन् । बस्नेत तथा नेकपाका अर्को सांंसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि नवगति जनता समाजवादी पार्टीका सुरेन्द्र यादवसहितका केही सांसदलाई पार्टी फुटाउनको होटलमा थुनेर राखेको आरोप लागेको छ । के सांसदहरुलाई अप’हरण गरिएकै हो ? हेर्नुहोस जनता टेलिभिजनले बस्नेत संग गरेको कुराकानी !
शिक्षा क्षेत्रमा १६ अर्ब वृद्धि, कक्षा ७ सम्म दिवा खाजा दिइने


