इलाम : जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै बाढीले चितासहित शव बगाएको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती राईका अनुसार फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दागर्दै अचानक बाढी आएपछि शव जल्न नपाई बगेको हो । ‘चितामा शव राखेर दागबत्ती दिनासाथ अचानक माथिबाट आएको बाढीले शव जल्न नपाइ बगायो’ उनले भनिन् ।
फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि बाढी आएको थियो। शव जल्न नपाइ बगेपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने बताइएको छ। ‘शव जल्न नपाई बाढीले बगाएर लग्यो। आज त रात परिहाल्यो। भोलि प्रहरी प्रशासन र स्थानीयले शव खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ’, उपाध्यक्ष राईले भनिन्।


साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई बाढीले बगाएरको थियो। पाैडी खेल्न गएका सथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए। खोजतलासका क्रममा थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल फेला परेको थियो। शव पोस्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ। लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुंगाबाट चिप्लिएर मृत्यु भएको थियो ।


