रोल्पामा जंगलमा बे’वारिसे छोडिएको ब’म विष्फो’टबाट ज्या’न गुमाएका चार बालबालिकाको श’व संकलन हुन नसकेको प्रहरीले जनाएको छ। घट’नास्थ’लमा एउटा न’पड्कि’एको टु ईञ्च मोटार रहेको र साँझ पनि परेकाले श’व सङ्कलन हुन नसकेको प्रहरीको भनाइ छ। बिहीवार साँझ ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बे’वारि’से अवस्थामा रहेको टु ईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा चार जना बालबालिकाको मृ’त्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रमुख डिएसपी चित्र बहादुर गुरुङले ब’म डिस्पो’जका लागि आर्मी बोलाइएको र उनीहरू आएर ब’म डि’स्पोज गरेपछि श’व सङ्कलन गरिने जानकारी दिएका छन्। ‘म घ’टनास्थ’लतर्फ जाँदैछु, आर्मीलाई खबर गरिएको छ। विष्फो’ट नभएको ब’म घट’नास्थ’लमै भएकाले आर्मीलाई बोलाइएको हो’, उनले भने।

![]()
२०६२ सालमा सो स्थानमा सेना र माओवादी वि’द्रोहीबिच भि’डन्त भएको थियो। त्यसैगरी गुरुङले ब’म घटनास्थलमै थियो वा अन्यत्रबाट खेलाउँदै ल्याए भन्नेमा अनुसन्धान भइरहेको बताए।
ब’म वि’स्फो’टमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको मृ’त्यु भएको थियो।


