मुम्बई — बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ । अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु ।’
अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।
It seems like we’re in the midst of a nightmare…just heard the depressing news of #RishiKapoor ji passing away, it’s heartbreaking. He was a legend, a great co-star and a good friend of the family. My thoughts and prayers with his family ??
— Akshay Kumar (@akshaykumar) April 30, 2020
सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म ‘द इन्टर्न’को हिन्दी रिमेक हुने बताइएको थियो । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
Deeply saddened on hearing about #rishikapoor ji
Yeh khabar sunke bohot dukh ho raha hai. I have such lovely memories of working with him.
Our country has lost a great actor today. May his soul rest in peace. ?? pic.twitter.com/aVeKX9etkt— Johny Lever (@iamjohnylever) April 30, 2020
६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए ।
I’m at an absolute & total loss for words.Holding this phone in disbelief. Yesterday Irrfan and now …. Gutted , sad , heartbroken .I truly believed you’ll come out of this .You will be missed , Sir . RIP . Om Shanti.
— Anushka Sharma (@AnushkaSharma) April 30, 2020
उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते ।
This cannot be true! Rishi sir was my favourite man,and favourite co-star ever! I still remember being nervous around him in Shuddh Desi Romance. He would put me at ease and treat me just like a friend! Will never forget every advice,every joke he told.❤️ #RIP #RishiKapoor pic.twitter.com/dfIi935I0v
— Parineeti Chopra (@ParineetiChopra) April 30, 2020
ऋषिले जीवनकालभर ९२ फिल्ममा रोमान्टिक रोल निर्वाह गरे । जसमध्ये ३६ फिल्म बक्स अफिसमा हिट भए । तर, ‘शर्माजीकी नम्किन’ को भने छायांकन अधुरै रहयो । उनको ‘खुल्लम खुल्ला : द ऋषि कपुर अन्सेन्सर्ड’ बायोग्राफी प्रकाशित छ । बुधबार मात्रै बलिउडले उम्दा कलाकार इरफान खानलाई ५३ वर्षको उमेरमा गुमाएको थियो ।




