ज्ञानेन्द्र शाहीको आयो क’डा अभिव्यक्ति: समाचार बङ्याएर चरि’त्र ह’त्या गर्न खोजियो

0
88

बैशाख २०,काठमाडौ , नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहिले आफ्नो चरीत्र ह त्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन। उनले पछिल्लो दिनमा दिएको अन्तर्बाता लाइ लिएर “मलाइ एकदिनका लागि अर्थमन्त्री बनाए देशमा कायापलट गरिदिन्छु” भन्ने समाचार प्रकाशित भएपछी उनले आपत्ति जनाएका हुन। भनाइको मुल मर्म नबुझी समाचार बङ्याएको उनको आरोप छ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन,
“अर्थमन्त्रीको काम भनेको काम गर्ने होईन योजना बनाउने हो एकदिनमा यस्तो योजना बनाउन सकिन्छ जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ र बिदेश मा रहेका नागरिक लाई सजिलै सङ उदार गर्न सकिन्छ ” मैले भनेको कुरा लाई बङ्गाएर विभिन्न मिडियामा ” एक दिन अर्थ मन्त्री बनेपछि अर्थतन्त्र कायापलट गर्छु” भनी गलत प्रचार गरेको हुँदा खेद प्रकट गर्दछु ।गलत प्रचार नगरौ .

विभिन्न मिडियामा आएको खबर चाही यस्तो थियो 

मलाई एकदिनको लागि अर्थमन्त्री बʼनाउनुस्, देशको अर्थतन्त्रको कायाʼपलट गर्छु – ज्ञानेन्द्र शाही(भिडियो सहित)

काठमाडौ । नागरिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदिनको लागि अर्थमन्त्री बनाए देशको अर्थतन्त्रको कायापलट गर्न सक्ने बताएका छन् । अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।

केहिदिन अघि राहत वितरण गर्दै गर्दा पक्राउ परेका ज्ञानेन्द्र शाही अहिले रिहा भएका छन् । आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर पक्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन् ।

गृहमन्त्री विरुद्द आफु बोलेको कारण अहिले राहत वितरण गर्दैगर्दा पक्राउ गरि तनाव दिएको आरोप लाएका छन् । “अब राहत बाँढे फेरि पक्राउ गर्ने भनेपछि अहिले म राहत बाढ्न छोडेको छु । सरकारलाई सबैभन्दा पहिला मैले नै सहयोग गरेको हुँ तर मलाई नै पक्राउ गर्दा दुख लागेको छ ।” शाहीले दुखेसो पोखे ।

ज्ञानेन्द्र शाहीले भने, “मलाई एकदिनको लागि मात्र अर्थमन्त्री बनाए देशको अर्थतन्त्रमा कायापलट गर्न सक्छु । अर्थमन्त्रीको काम भनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।”

भिडियो हेर्नुहोस्…

बैंकिङ कसूरमा पक्राउ

Previous articleरत्ननगर नगरपालीकाको कक्षा ८ (BLE) को नतिजा सार्वजनिक ( नतिजा सहित)
Next article१ किलो पिठोको पोका भित्र १५/१५ हजार, अमिर खानले अपनाए राहत दिने गज्जबको तरिका