Home Uncategorized कारबाहीमा परेका क्रिकेट खेलाडीको आग्रह- निर्णय पुनर्विचार गरियोस्

कारबाहीमा परेका क्रिकेट खेलाडीको आग्रह- निर्णय पुनर्विचार गरियोस्

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेका चार क्रिकेट खेलाडीले आफूमाथि कारबाही गर्ने निर्णय पुनर्विचार गर्न संघलाई आग्रह गरेका छन् ।  शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले निर्णयलाई पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका हुन् ।

अधिकारका लागि आवाज उठाएकै आधारमा आफूहरूमाथि कारबाही गरिएको गुनासो गरे । आफ्नो सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुँदा नयाँ पुस्ता क्रिकेटमा आकर्षित हुन नसक्ने उनीहरुकाे भनाइ छ । क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनाउन समेत उनीहरुले क्यानलाई आग्रह गरेका छन् ।

 

 

 

https://ujyaalonepalnews.com/archives/16804

Previous articleओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन
Next articleनेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।