वि’षालु च्याउ खाँदा चितवनमा एकै परिवारका ५ जना बि’रामी

चितवन, २१ वैशाख
वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बि’रामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बि’रामी परेका हुन् ।

कार्यालयका अनुसार बि’रामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनका २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् । उनीहरुले घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए ।

च्याउ खाएसँगै बि’रामी परेपछि आज आइतबार बिहान उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ । वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।(रासस) :

चितवनमा क्वारेन्टाइनमा ३६, आइसोलेसनमा १२ जना

भरतपुर । चितवन जिल्लामा हाल ३६ जना क्वारेन्टाइनमा छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार इच्छाकामना गाउँपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा ४ जना, कालिका नगरपालिकामा ११ जना, भरतपुर महानगरपालिकामा ३ जना र राप्ती नगरपालिकामा १२ जना रहेका छन् ।

उनीहरुमध्ये भारतमा क्वारेन्टाइन बसेर रुपन्देही जिल्ला हुँदै चितवन आएका १५ जना छन् । १० जना भने राप्ती नगरपालिकामा पोजेटिभ भेटिएका संक्रमितसँगै सम्पर्कका नागरिकहरु रहेको सूचना अधिकारी सिंखडाले जानकारी दिए ।त्यस्तै, हाल चितवनका विभिन्न अस्पतालहरुमा १२ जना आइसोलेसनमा रहेका छन् ।

पुँजी बजारमा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

Previous articleकान्तिपुर टिभीमा नयाँ काण्ड: समाचारमा ‘आम्मामा ३ अर्बमा कति खायो होला?’
Next articleट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चितवनमा १ जनाको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।