ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चितवनमा १ जनाको मृ’त्यु

चितवन : चितवनको खैरहनी नगरपालिका चैनपुर चोकमा आज आईतबार साँझ भएको मोटरसाईकल दुर्घ’टनामा एक जनाको मृ’त्यु भएको छ । पुर्व-पश्चिम राजमार्गमा भन्डाराबाट टांडी तर्फ आईरहेको ग १ क २१९६ नं को ट्रक ले बाटो क्रस गर्ने क्रममा ना २७ प ५८१८ नं को मोटरसाईकल लाई ठ’क्कर दिँदा एक जनाको ज्या’न गएको हो । ज्या’न जानेमा चितवन खैरहनी ८ बस्ने कुलानन्द भण्डारी रहेका छन् ।

उनको उपचारका भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृ’त्यु् भएको हो । दुबै सवारी साधन र ट्रक चालक नि’यन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

माडीमा घोंगीको व्यवसायिक पालन सुरु

चितवन । माडीका एक युवाले आदिवासी थारू समुदायको मौलिक खाना मानिने घोंगीको व्यवसायिक पालन सुरु गरेका छन् । माडी-४, बिरञ्चीनिवासी हेमनारायण काजी थारुले माछापालन गरिरहेको पोखरीमै व्यवसायिक रुपमा घोंगीपालन समेत सुरु गर्नुभएको हो । हाल ५ कठ्ठाको पोखरीमा पाइप बिछ्याएर परीक्षण स्वरुप घोंगी पालिएको उहाँको भनाई छ । पोखरीमा घोंगी नखाने प्रजातीको माछा समेत संगसंगै पालिएको तथा घरबाटै घोंगी बिक्री गर्न पनि सुरु गरिसकेको उहाँले बताउनुभयो ।

पछिल्ला दिनहरुमा थारुसंगै अन्य समुदायले समेत घोंगी खान सुरु गरेकाले गाउँघर र बजारमा घोंगीको माग उच्च रहेको काजीको भनाई छ । घोंगी पालनका लागि पोखरीमा चारैतिर करिब तीन फिट अग्लो घोंगी जान नसक्ने गरी जाली लगाउनु पर्छ । असार महिनामा पोखरीमा पानीको व्यवस्थापन मिलाउनु पर्छ ।

असार महिनामा पालेको घोंगी असोजबाट खान योग्य हुन्छ र पौष महिना सम्ममा ठूलो हुने भएकोले राम्रो आम्दानी हुन्छ । माडीकै गोपालनगर, हरिनगर र गौरीनगर क्षेत्रमा रहेका पोखरीहरुमा पनि प्राकृतिक रुपमै घोंगी पाइने भएपनि व्यवसायिक रुप लिएको छैन ।

आयोजनाको म्याद थपियो काम सकिएन

Previous articleवि’षालु च्याउ खाँदा चितवनमा एकै परिवारका ५ जना बि’रामी
Next articleसु’साईट नोटमा कम्पनीका साथी, कोरियन साहु लगायतलाई धन्यबाद दिदै कोरियामा एक नेपालीले गरे आ’त्मह’त्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।