चितवनमा पनि छरियो बाटोमा पैसा; स्थानीय आ’तंकित

चितवन , २२ बैशाख- जनकपुर, सप्तरी लगायत ठाउँमा बाटोमा पैसा छरेर स्थानीयलाई त्रसित बनाएको घटना नसेलाउँदै चितवनमा पनि त्यस्तै घटना दोहोरिएको छ ! पूूूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा वेवारिसे पैसा भेटिएको हो । एक व्यक्तिले उक्त रकम सडकमा फालेर भागेको स्थानियले बताएका छन् । पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानियले बताए ।

सडकमा पाँच सय , पचाँस ,बिस र दश रुपैयाँको नोट फालिएको छ । प्रहरीले पाँच सयको एउटा , पचाँसको तिनवटा , बिसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ । अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानिय त्रसित भएका छन् । कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

२२ वैशाख, काठमाडौं । कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ । कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

हज यात्रीबाट दोब्बर शुल्क लिएकोमा मुस्लिम इत्तेहाद संगठनको आपत्ति, अध्यक्ष अन्सारीलाई ज्ञापन

Previous articleलकडाउन अझै १५ दिन बढाएर जेठ १० सम्म बनाउने तयारी
Next articleकोरोनाको हटस्पट बनेको नेपालगञ्जमा भोलिदेखि २५ गते सम्म कर्फ्यु आदेश जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।