Home Uncategorized हज यात्रीबाट दोब्बर शुल्क लिएकोमा मुस्लिम इत्तेहाद संगठनको आपत्ति, अध्यक्ष अन्सारीलाई ज्ञापन

हज यात्रीबाट दोब्बर शुल्क लिएकोमा मुस्लिम इत्तेहाद संगठनको आपत्ति, अध्यक्ष अन्सारीलाई ज्ञापन

काठमाडौं– नेपाल मुस्तिम इत्तेहाद संगठनले साउदी अरब मक्का मदिना जाने हज यात्रीबाट लिने शुल्क घटाउन माग गरेको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई सोमबार ज्ञापन पत्र बुझाउँदै संगठनले हज जाने इच्छुक हाजीहरुले बुझाउनुपर्ने शुल्क गत वर्षभन्दा दोब्बर बनाएकोमा आपत्ति जनाएको हो । विगत वर्षहरुमा २ लाख ३३ हजार १ सय रुपैयाँ रहेकोमा यस वर्ष ४ लाख ६३ हजार ३ सय ९२ रुपैयाँ तोकिएको छ ।

हज यात्रीहरुलाई आर्थिक अनुदान उपलब्ध गराउन, शुल्क वृद्धिबारे छानबिन गर्न, पैसा जम्मा गर्ने अवधि बढाउन पनि संगठनले माग गरेको छ ।

https://ujyaalonepalnews.com/archives/21270

Previous article‘लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाइने’
Next articleलैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।