पुर्व अधिराजकुमारी पूर्णिका भन्छिन्: मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसकेँ

२५ वैशाख, काठमाडौं । राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् । ‘qooh.me’ नामक वेवसाइटमा अकाउन्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् ।

यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ ।

एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए ।
यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’
पूर्णिकालाई एउटा नमीठो प्रश्न पनि सोधिएको छ ।
‘तपाईंका बुबा र हजुरबुबाले वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या किन गरे ?’ एकजनाले सोधे ।

त्यसलाई पूर्णिकाले जवाफ फर्काएकी छिन्, ‘यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?’
पूर्णिकाले राजनीतिमा आफ्नो रुचि नरहेको बताएकी छिन् । पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्किने उनको भनाइ छ । साथै भविष्यमा कुनै आध्यात्मिक कर्ममा संलग्न हुने योजना पनि उनले सुनाएकी छन् । पूर्णिकासँगका अन्य केही रमाइला प्रश्नोत्तर यस्ता छन् :

प्रश्न : धेरै नेपाली केटीहरू तपाईंका भाई हृदयन्द्रप्रति हुरुक्क हुन्छन् । उनको बारेमा टिकटक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीहरूलाई तपाईंको सन्देश के छ ?
पूर्णिका : सबैको माया र साथलाई हामी कदर गर्छौं ।

प्रश्न : तपाईंको प्रेरणा स्रोत को हो ?
पूर्णिका : मेरी आमा

प्रश्न : तपाईंको सबैभन्दा ठूलो शक्ति के हो र तपाईं तनाव र दबाबलाई कसरी सामना गर्नुहुन्छ ?
पूर्णिका : मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । उहाँले सधैं मलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्नुभयो ।

प्रश्न : तपाईंले कहिल्यै कसैलाई थप्पड हान्नुभएको छ ?
पूर्णिका : अँ, हानेकी छु ।

प्रश्न : रोमान्टिक फिल्म कि हरर फिल्म रुचाउनुहुन्छ ?
पूर्णिका : हरर

प्रश्न : थाइल्यान्डमा तपाईं कुन कारमा यात्रा गर्नुहुन्छ ? तपाईंसँग कतिवटा कार छन् ?
पूर्णिका : मसित कार छैन । म यहाँ सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु ।

प्रश्न : तपाईं आफ्ना भाइबहिनीसँग कत्तिको झगडा गर्नुहुन्छ ?
पूर्णिका : हामी त कुकुर र बिरालो जस्तै झगडा गरिरहन्छौं ।

प्रश्न : तपाईंको चम्किलो त्वचाको रहस्य के हो ?
पूर्णिका : स्न्यापच्याट फिल्टर !

प्रश्न : तपाईंले आफ्नो भाइका फ्यानगर्लहरूको टिकटक हेर्नुभएको छ ?
पूर्णिका : हेरेको छु । ‘क्युट’ छ ।

प्रश्न : तपाईं शाकाहारी हो ?
पूर्णिका : अहिले होइन । भविष्यमा हुन्छु होला ।

प्रश्न : तपाईंको भाइबहिनीको सबैभन्दा राम्रो गुण के हो ?
पूर्णिका : उनीहरूको हृदय कोमल छ ।

प्रश्न : तपाईं कहिल्यै एकान्तमा रुनुभएको छ ?
पूर्णिका : रोएको छु ।

प्रश्न : मैले तपाईंका बारेमा दुईवटा कुरा सुनेको छु । तपाईंले संस्कृत पढ्नुभएको छ र तपाईं नेपाली भाषामा राम्रा कविता लेख्नुहुन्छ । यी कुरा सत्य हुन् ?
पूर्णिका : म संस्कृत जान्दिनँ र नेपालीमा कविता पनि लेख्दिनँ ।

उनका जवाफ हरु जस्ताको तस्तै हेर्नुहोस:

युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

Previous articleपरदेशीको पिडा: अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन
Next articleराजधानीको केन्द्रमा चाईनिजको वि’तण्डा, चाईनिजले आक्र’मण गर्दा डिएसपी सहित ३ घा’ईते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।