रवि लामिछाने, ज्ञानेन्द्र शाही, रमेश खरेल समाजमा समाजमा अस्थिरता फैलाउन परिचालित पात्र हुन: -रमेश पौडेल ( भिडियो तल अन्तिममा हेर्नुहोला )
काठमाडौं । राष्ट्रिय युवासंघ नेपालका सह–संयोजक रमेश पौडेलले पत्रकार रवि लामिछाने, पुर्व प्रहरी अधिकृत रमेश खरेल र अभियन्ता ज्ञानेन्द्र शाही बारे निकै कडा टिप्पणी गरेका छन् ! उनले ज्ञानेन्द्र शाहीको सम्पतीको स्रोत खुलाउन चुनौती समेत दिएका छन् । सामाजिक संजालमा भाईरल भैरहेको एउटा अन्तर्वार्ताको सुरुवातमा नै त्यो ज्ञानेन्द्र शाही नाम गरेको व्यक्ति चिन्दिन, उसको झोलाको संस्था कहाँ छ के हो ? मलाई थाहाँ छैन । त्यो रमेश खरेलपनि म चिन्दिन । चिन्नुपर्छ जस्तो लाग्दैन भन्दै निकै कडा अभिव्यक्ति दिएका छन् ।

उनले पत्रकार रबि लामिछाने, सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही, र पूर्व प्रहरी रमेश खरेल समाजमा अस्थिरता फैलाउन परिचालित पात्र हुन भन्ने आरोप समेत लगाएका छन् । एक साक्षत्कारमा उनले खरेल प्रहरी सेवामा रहँदा अकुत अवैध सम्पती कमाएको पनि आरोप लगाएका छन् । उनले भने, ‘रमेश खरेलले आफु प्रहरीमा रहँदा खेरी अकुत सम्पतीहरुको स्रोतहरु खोजौ न त ल, तयार हो ?’ पौडेलले अगाडी थप्दै भने, ‘उहाँहरु त सामाजिक अभियान्ता म सुद्ध छु भनिरहनु भाको छ । सुद्ध भएकाहरुले देखाउँनु पर्यो नि, तपाँईको स्रोत के हो ? कहाँबाट ल्याउँनुहुन्छ ? के खानुहुन्छ ?’ उनले आफु आफ्नो बारेमा जानकारी दिन तयार रहेको पनि स्पष्ट पारेका छन् ।

उनले अहिले सरकारले राम्रो काम गरिरहेको बेला भाड्नका लागि केही व्यक्तिहरु परिचालन गरिएको भन्दै यी व्यक्तिहरुको पछि नलाग्न सबैसँग अपिल पनि गरेका छन् । ज्ञानेन्द्र शाही पक्राउ परेको विषयमा उनले सरकारी दबाब नभई कानुन मिचेका कारण नियन्त्रणमा लिइएको स्पष्ट पारेका छन् । राहत वितरण नाटक मात्रै भएको उनको दावी छ । विलासी जीवनशैली कसरी सम्भव भएको छ भन्दै उनले अगाडी भने, ‘कतै ध म्काएर चन्दा उठाइराखेका त छैनौ ?’ भन्दै प्रश्न पनि गरेका छन् । एक रोचक कुरा के भने उनले ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र, रमेश खरेल लगायत व्यक्तिहरुको नाम पनि याद नभएको दावी गरेका छन् ।

अहिलेका चर्चित व्यक्तिहरु माथि कडा टिप्पणी गर्ने राष्ट्रिय युवासंघ नेपालका सह–संयोजक रमेश पौडेल लाई अझ नजिक बाट चिन्न रातोपाटीका दिपेन्द्र राईले पौडेल संग गरेको कुराकानीको आधारमा तयार पारिएको यो सामाग्री पढ्नुहोस् !
मेरो खाना
विशेषतः ढिँडो र दाल असाध्यै मन पर्छ । त्यसो भन्दैमा यो वा त्यो खानेकुरा भान्छामा नपाकिदिए हुन्थ्यो, खान नपरे हुन्थ्यो भन्ने छैन । कामविशेषले पुगिरहे पनि योजनाबद्ध ढंगले खानकै लागि रेष्टुरेन्ट जाने गरिँदैन । रेष्टुरेन्ट पुगिहाल्दा मेनु पल्टाए पनि मःमः नै माग्ने गर्छु । समयानुकूल हुँदा भान्छामा पसेर श्रीमतीलाई सघाउँछु ।
मेरो पोसाक
सामान्यता सर्ट–पाइन्ट, कोट लगाउँछु । त्यसबाहेक लगाउँदा सहज हुने पोसाक रोजाइमा पर्छन् । मलाई दुई जोर पोसाकले वर्ष दिन धान्छ । दुई जोर पोसाकको २० हजार रुपैयाँसम्म पर्ला । नीलो रङको पोसाक छान्ने गरेको छु । तयारी पोसाक र कपडा किनेर सिलाउने बराबरीजस्तो हुन्छ । पोसाकको ब्रान्डबारे त्यति ‘कन्सस’ छुइनँ । ढाकाटोपी पनि लगाउने गरेको छु ।

मेरो फिटनेस
उफ्रिने, दौडिने गरेको छु । डाइटिङ छैन । योगा गरेको अनुभव छ ।
मेरो अध्ययन
हिजोआज म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास दोहोर्याएर पढ्दै छु । माक्र्सवादी साहित्यका किताब रुचिपूर्वक पढ्ने गरेको छु । नेपालीमा भूपी शेरचन, लक्ष्मीप्रसाद देवकोटा, मोदनाथ प्रश्रितहरूको लेखनशैली प्रिय लाग्छ । विदेशीमा गोर्की, लुसुन, शेक्सपियर, शेलीलगायत मन पर्छन् । मेरो घरको निजी पुस्तकालयमा दुई हजारजति किताब होलान् । किताबमा निश्चित बजेट छुट्ट्याउने गरेको छैन । तर, बजारमा आएका तर आफूलाई उपयोगी लागेको किताब किनिहाल्छु ।
मेरो घुमफिर
घुमफिर गर्न नरुचाउने को होलान् र ? मलाई पनि घुमफिर गर्न असाध्यै मन पर्छ । राजनीतिक कार्यक्रमको सन्दर्भ पारेर नेपालका ६५ जिल्ला पुगेको छु । एक, दुईवटा देश घुमेको छु । घुमेकामध्ये चीन मन पर्यो । त्यहाँको विकासले कसलाई नलोभ्याउला ? जीवनमा एकपटक जोमसोम पुग्ने रहर छ ।

मेरो फुर्सद
काम भन्नाले त्यस्तो काम पनि हुँदैन । तर, नतिजा नदेखिने काममा सधैं व्यस्त हुन्छु । त्यसलाई कसरी अथ्र्याउने ? व्यस्त र फुर्सदको परिभाषा गर्न नसकिने हामीजस्ता राजनीतिक, सामाजिक कार्यकर्ताको समस्या ठूलो छ । जतिसुकै दौडधुप भए पनि मोबाइल स्वीचअफ गरेर आराम गर्ने बानी छैन । फुर्सद पाइहालेमा अध्ययन गरेर समय सदुपयोग गर्छु । कतिपय अवस्थामा वृत्तचित्रसमेत हेर्ने गरेको छु । घरपरिवारलाई भनेजति समय दिन सकेको छैन ।
मेरो खेलकुद
बाल्यकालमा कबड्डी र डन्डिबियो खेलेर रमाउनसम्म रमाइयो । आफूले नखेले पनि फुटबल असाध्यै मन पर्छ । प्रत्येक खेलका आ–आफ्नै विशेषता हुन्छन् । सबै खेलप्रति उत्तिकै सम्मान छ । ब्राजिल र अर्जेन्टिनाका फुटबल खेलाडी मन पर्छन् । स्वदेशीमा सबैका खेल हेरिरहेको छु । सबैको प्रगति लोभलाग्दो देखिन्छ ।
मेरो मोबाइल
मैले प्रयोग गर्दै आएको मोबाइल सामसुङ हो । यसको १५ हजारजति परेको थियो । मोबाइल परिवर्तन गरिरहने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, गुगल, इमेल, इन्टरनेट बढी प्रयोग हुन्छ ।

मेरो टीभी
टेलिभिजनमा समाचार, अन्तर्वार्ता प्राथमिकतासाथ हेर्ने गर्छु । जानकारीमूलक कार्यक्रमसेत रुचिपूर्वक हेर्दै आएको छु । राति आठ बेजपछि टेलिभिजन हेर्ने समय जुर्छ । घरमा रहेको सामुसङ टेलिभिजनको आकार कत्तिको हो थाहा भएन ।
मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘धनपति’ युटुबमा हेरेको थिएँ । टीभी, भिसिडीमा समेत चलचित्र हेरेको छु । हेरेकामध्ये ‘बाहुबली’, ‘बलिदान’ र ‘टाइटानिक’ असाध्यै मन परेको थियो । राजेश हमाल, भुवन केसी, करिश्मा मानन्धर र रेखा थापाको अभिनय जीवन्त लाग्छ ।
मेरो रोग
अहिलेसम्म स्वस्थ छु । म सालिन्दा दुईपटक ‘होलबडी चेकअप’ गराउँछु । खानपान, व्यायाममा ध्यान दिनुपर्छ । त्यतिमात्रै होइन, चिन्तन गरे पनि चिन्ता गरिएन भने मानिस स्वस्थ रहन सकिन्छ ।
मेरो भाषणशैली
आफूले आफ्नो भाषणशैली मूल्यांकन गर्न गाह्रो हुन्छ । म सरदर वक्ता हुँ । राजनीतिक नेताले श्रोता र परिस्थिति हेरेर भाषण गर्न जान्नुपर्छ । म पनि त्यसै गर्छु । प्रशिक्षणमा बौद्धिक र विषयवस्तुकेन्द्रित भनाइ राख्नुपर्छ । भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार र दुर्गा तिवारीको हत्या हुँदा काठमाडौंको नयाँबानेश्वरमा मैले गरेको भाषणलाई लिएर मलाई विवादमा तान्न खोजिएको थियो । भाषण गर्नुअघि तयारी गर्दा राम्रो भए पनि मैले त्यसो गर्दिनँ ।

मेरो मापसे
मादक पदार्थ खान्न । जनजाति बस्तीमा हुर्किएकाले स्वादचाहिँ थाहा छ ।
मेरो संगीत
गीत गाउन नजाने पनि गीत–संगीत सुन्न मन पर्छ । नारायण गोपाल, जीवन शर्माका गीत कर्णप्रिय लाग्छन् । गाउन नजान्नेले पनि गुनगुनाउने गर्छन् । म पनि अछुतो छैन । म सुन्न जान्दछु ।
मेरो भूल
जान–अञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । तर, पश्चाताप लाग्नेगरी मैले गल्ती गरेजस्तो लाग्दैन । मटिहानीमा ठूलाबाका छोरासँग छात्रवास बसेर पढ्थें । स्कुलबाट भागेर चलचित्र हेर्न जाँदा, अर्काको नरिवल चोरेर खाँदा कठोर सजाय पाएको हिजैजस्तो लाग्छ । गल्ती नगरी पनि सजाय पाएको छु ।

मेरो घर
म बस्दै आएको घर बुवाको हो । घर बनाउँदा मेरो एक पैसा परेको छैन । राजनीतिक कार्यकर्ता भएकाले कमाउने काममा लागेको छैन । श्रीमती ‘नर्सिङ अफिसर’ हुन् । उनको अलिकति परेको होला । नत्र बुवाको जिन्दगीभरिको कमाइ, मेरा व्यवसायी दुई भाइले पनि सहयोग गरेपछि घर ठडिएको हो ।
मेरो राशी
मेरो राशी वृश्चिक हो । कर्ममा विश्वास गर्छु । कर्मलाई धर्म मान्ने र भौतिकवादी दर्शन आत्मसात् गरेकाले भाग्य, विधाताभन्दा कर्मदातामा विश्वास गर्छु । त्यसैले कस्तो होला भनेर ग्रहदशा हेराइरहन्न । मेरा बाउबाजे पुरेत, पण्डित छन् । उहाँहरूका अनुसार म राजग्रह परेको मानिस हुँ रे । म कर्म गर्दै जान्छु । त्यहीअनुसारको फल पाउने हो ।
मेरो सौन्दर्यचेत
कपालमा तोरीतेल प्रयोग गर्छु । फेसियल गर्ने बानी छैन । श्रीमतीले फेयर हेन्सम लगाउनू भनेर ल्याइदिन्छिन् । त्यही लगाउँछु ।

मेरो प्रेम
प्रेमलाई मागीबिहेमा रूपान्तरण गरेका हौं । उनी पनि विद्यार्थी राजनीतिमै थिइन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालिक एमालेसम्बद्ध नेताको उपस्थितिमा हामीले बिहे गरेका हौं ।
मेरो सपना
जनताले जनतामाथि अन्याय नगरून् । सबै नेपाली समान हुन् । नेपाल र नेपाली समृद्ध हुन् । जी–८ बैठकमा नेपालले समेत अध्यक्षता गर्ने हैसियत राखोस् । दुनियाँले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको छ, नेपाल दुनियाँको पथप्रदर्शक बन्न सकोस् । सचेत नागरिकको देश बनाउने सपनाले राजनीतिक क्षेत्रमा डोरिएको हुँ ।
अहिले युवा संघ नेपाल अध्यक्ष छु । कर्म गर्दै जाउँ । एक असल नागरिक बन्ने चाहनासहित कर्म गर्दै जानेछु ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो ध्रुवसत्य हो । मृत्युदेखि डर लाग्दैन । जीवनमा मृत्युको नजिक–नजिक पुगेका घटना, दुर्घटना सम्झँदा आज पनि आङ सिरिङ्ङ हुन्छ । मोटरसाइकल दुर्घटना, गाउँ (खोटाङ, बडहरे) मा रहँदा घाँस काट्न चढ्दा रूखबाट गल्र्यामगुर्लुम झरेको थिएँ । त्यतिबेला मृत्युको नजिक पुगेको अनुभूति गरेको थिएँ । मृत्यु गर्विलो होस् । दर्बिलो होस् । मेरो मृत्युले समाजलाई केही न केही सिकाओस् । त्योभन्दा धेरै लोभ गरेको छैन ।
अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तह विद्यालयमा बिदा लम्ब्याइँदै


