लुकाएर राखेको गाँ’जा प’क्रेको भन्दै चितवनका स्थानीयले गरे प्रहरी माथि आ’क्रमण, २ राउण्ड हवाई फायर

लुकाएर राखेको गाँ’जा पक्रे’को भन्दै चितवनका स्थानीयले गरे प्रहरी माथि आ’क्रमण, २ राउण्ड हवाई फायर

चितवन – पुर्वी चितवनको राप्ती नगरपालिकामा प्रहरी र स्थानियबीच झ’डप भएको छ । शुक्रबार राती राप्ती नगरपालिका ५ चौकी डाँडामा प्रहरी र स्थानियबीच झ’डप भएको हो । राप्तीको वडा नं १२ धनमागं गैरीमा लुकाई छिपाई राखेको गाँ’जा बरा’मत गरेर फर्किने क्रममा झडप भएको हो । धनमागं गैरीमा गाँ’जा लुकाई छि’पाई राखेको भन्ने सुचना आधारमा उक्त स्थानमा पुगेर गाँ’जा बरामत गरी फर्कने क्रममा चौकी डाँडामा झ’डप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

राती ९:२० बजे करिब ३ सयको संख्यामा रहेका स्थानियले प्रहरीले प्रयोग गरेको बा१२च २७१ नं. को रत्ननगर नगरपालिकाको गाडीमा आ’क्रमण गरेको प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुले रे’स्क्युको लागी ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको टोलीमाथि पनि आ’क्रमण गरेको बताईएको छ ।

स्थानियले आ’क्रमण गरेपछि स्थितीलाई नियन्त्रणमा लिन एस’एलआरबाट एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए । प्रहरीमाथि आ’क्रमण गर्ने चार जनालाई नियन्त्रणमा लिईएको कोइरालाले बताए । राप्ती नगरपालिका ५ बस्ने बर्ष २४ का रन्जित वाईवा, सोही स्थानबस्ने बर्ष २० का सुमन वाईवा, बर्ष २२ का संचरास घलान, बर्ष ३५ का धन बहादुर घलानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

झ’डपमा परी तीन प्रहरी जवान घाइते भएको उनले बताए । घा’इते हुने प्रहरी जवानहरुमा अवधेस प्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेका छन् । उनिहरुको अवस्था सामान्य छ । स्थानियको आ’क्रमणबाट प्रहरीले प्रयोग गरेको बा१२च २७१ नं. को रत्ननगर नगरपालिकाको गाडी र बा१ झ ७४६५ नं को इप्रका भण्डाराको गाडीमा क्षे’ती पुगेको प्रहरीले जनाएको छ । प्रहरीले ३४ किलो गाँ’जा बरामत गरेको छ ।

नारायणीमा हाम फालेर ७३ बर्षीय पुरुष वेपत्ता

नवलपुर, २५ बैशाख । पूर्वी नवलपरासीको गैडाकोट २ स्थित नारायणी नदी पुलबाट हाम फाली वेपत्ता भएका छन् ।
बिहीबार विहान भरतपुर महानगरपालिका ५ निवासी ७३ बर्षीय धनपति भुसाल नदीमा हाम फालेका हुन् । उनले आफूले लगाएको कपडा समेत खोलेर हाम फालेका हुन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

नवलपरासीमा सेनाको डुबानबाट बच्ने अभ्यास

Previous articleकोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा शान्ति पाठ गर्न लगाए (भिडियो)
Next articleरवि लामिछाने, ज्ञानेन्द्र शाही, रमेश खरेल समाजमा समाजमा अस्थिरता फैलाउन परिचालित पात्र हुन: -रमेश पौडेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।