साउदी अरबमा कोरोना सं’क्रमित एक नेपालीको मृ’त्यु

साउदी अरबमा कोरोना संक्रमित एक नेपालीको मृत्यु

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका स’ङ्क्रमणबाट एक नेपालीको ज्या’न गएको छ । जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना स’ङ्क्र’मण भएको १० जना निको भएको र एक जनाको ज्या’न ग’एको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ । बाँकी ४३ जनाको उपचार भइरहेको छ । कोरोनाको कारण ज्या’न गु’माउने नेपालीको परिवारप्रति दुः’ख व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सत’र्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ ।

साउदीमा दूतावासको जानकारीमा आएअनुसार ५० जना नेपालीमा स’ङ्क्रमण देखिएको छ । जसमध्ये १५ जना निको भएका छन् । साउदीमा अहिलेसम्म ३९ हजार ०४८ जनामा कोरोना सङ्क्र’मण भएको छ । यसमध्ये ११ हजार ५४७ जना निको भएका छन् भने २७ हजार ३४५ जनाको अस्पतालमा उपचार भइरहेको छ । २४६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

मलेसियामा थप ३४ जना नेपालीलाई कोरोना सङ्क्र’मण, सङ्क्र’मितको सङ्ख्या ५४ पुग्यो

काठमाण्डौ – मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्र’मण देखिएको छ । योसँगै मलेसियामा ५४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्र’मण देखिएको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिनुभयो ।

सङ्क्र’मितमध्ये तीन जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको पनि उहाँले बताउनुभयो । सङ्क्र’मित सबै जना पुरुष रहेका छन् ।

मलेसियामा अहिलेसम्म ६ हजार ६५६ जनामा कोरोना सङ्क्र’मण भएको छ । जसमध्ये ५ हजार २५ जना निको भएका छन् भने १५ सय २३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म १०८ जनाको कोरोनाका कारण ज्या’न ग’एको छ ।

यस्तै मलेसियामा कोरोना सङ्क्र’मण रोकथामका लागि जारी गरेको आवागमन नि’यन्त्रण आ’देश(लकडाउन) चार हप्ता थपिएको छ । यसअघि १२ मेसम्म तोकिएको लकडाउनको समय चार हप्ता थप्दै जुन ९ सम्म लम्बाइएको हो ।

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

Previous articleश्रीमानले छोडेर भागेपछि विचʼल्लीमा परेकी ४० दिनकी सुत्केरी मिनालाई ऋषि धमला पत्नी एलिजाको साथ, गरिन् यस्तो सहʼयोग (भिʼडियो सहित)
Next articleपा’सो लगाएर झु’ण्डिँदा पनि नम’रेकी बिनाको जीवनसँगको पुनर्मिलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।