आज फेरी एकैदिन १० जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या १२० पुग्‍यो

आज फेरी एकैदिन १० जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या १२० पुग्‍यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो । संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

विश्वभर ४१ लाख बढी कोरोना संक्रमित, मृ’तकको संख्या २ लाख ८२ हजार बढी

२९ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गु’माउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।


स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृ’त्यु भएको छ । बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९३० जनाको मृ’त्यु भएको छ ।

जापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्‍वारा स्वीकृत

Previous articleमौसमी साग लट्टे : जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड
Next articleहेलिकप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।