आज फेरी एकैदिन १० जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या १२० पुग्‍यो

0
44

आज फेरी एकैदिन १० जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या १२० पुग्‍यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो । संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

विश्वभर ४१ लाख बढी कोरोना संक्रमित, मृ’तकको संख्या २ लाख ८२ हजार बढी

२९ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गु’माउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।


स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृ’त्यु भएको छ । बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९३० जनाको मृ’त्यु भएको छ ।

जापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्‍वारा स्वीकृत

Previous articleपारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भनिन्
Next articleनेपाली महिलाहरु बत्ति बालेर शा’रीरिक सम्बन्ध राख्न नचाहनुको कारण यस्तो !