प्रहरीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लब, आरबीबी एनभीए महिला क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा एपीएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले पाखा लगायो।

एपीएफले शुक्रबार हुने फाइनलमा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।

बिहीबारै हुने पुरुषतर्फको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

कालापानीमा अवतरण हुन सकेन हेलिकप्टर, आकाशबाटै अवलाेकन गरेर फर्किए रक्षामन्त्री

Previous articleरोनाल्डोको उत्कृष्ट लय जारी, १० खेलमा १३ गोल
Next articleहिमालयन शेर्पालाई पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।