रोनाल्डोको उत्कृष्ट लय जारी, १० खेलमा १३ गोल

क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट लय कायम राख्दै पछिल्ला १० खेलमा १३औं गोल गरेको खेलमा रोमालाई ३-१ गोलअन्तरले पराजित गर्दै यूभेन्ट्स कोप्पा इटालियनको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोर्चुगलका स्ट्राइकर रोनाल्डोले गोन्जालो हुगुइनको क्रसमा यूभेन्ट्सको खाता खोलेका थिए। पहिलो हाफमै रोड्रिडाे बेन्टाकुर र लियोनार्दो बोनुक्कीले थप दुई गोल गरे।

३४ वर्षे रोनाल्डोले २०२० मा मात्रै गरेको यो सातौं गोल हो। कोप्पा इटालियामा यो उनको पहिलो गोल हो। योसँगै उनले आफ्नो करिअरका १५ क्लब प्रतियोगिताहरुमा गोल गरेका छन्।

 

दोस्रो हाफ भने गोररहित रह्यो। रोमाका सिन्जिजको प्रहार यूभेन्ट्सका गोल रक्षक गियनलुन्गी बुफोनले बचाएका थिए। सेमिफाइनलमा यूभेन्ट्सले एसी मिलान वा टोरिनेको सामना गर्नेछ।

काठमाडौंमा विद्युतका तार जमिनमुनि बिछ्याउने काम सुरु, प्रधानमन्त्री भन्छन् : ‘अब शहर कुरुप हुँदैन’

Previous articleकोरोना भाइरसबाट मर्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प
Next articleप्रहरीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।