आमा पोईला गएपछि ६ बर्षपछि बल्ल नुहाए गुल्मीका यी भाईले (भिडियो)

आमा पोईला गएपछि ६ बर्षपछि बल्ल नुहाए गुल्मीका यी भाईले (भिडियो)

जीवन पाण्डे, बडिगाड, बाग्लुंग  -वैशाख ३१ । यो संसारमा समस्या नभएको मान्छे को होला । हरेक मान्छेलाई आफ्ना न आफ्ना समस्या छन् । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं १० सिखेडाडाका एघार बर्षको कान्ते भाइ बिगत छ बर्ष देखि दमको रोगी छन् । उनि छ बर्ष देखि ननुहाइ बसेका छन् ।

६५ वर्षको उमेरमा श्रीमतीले जुम्ल्याहा बच्चा छाडेर गईन् । श्रीमतीले छाडेपछि उहाँको आफ्नो भन्ने कोही भएन् न त समाजले सहयोग गर्यो नत परिवार र आफन्तले । केबल उनको सहारा ७० वर्षका बुबा मात्रै रहे । श्रीमतीले छाडेको पीडा भन्दा पनि उनलाई ठुलो चिन्ता त छोराको रोगले गरायो । आर्थिक अभाव त्यसैमाथी छोराहरु हुर्काउने अभिभारा ।

 

ती छोरालाई आमाको माया दिनुपर्ने जिम्मेवारी सगैं उनीहरुको पालनपोषणको जिम्मेवारी उनको काँधमा थपियो । अहिले उनी ७० वर्षका भए श्रीमतीले छाडेदेखि उनलाई एकातर्फ छोराको रोगको पिरलोले गाल्दै गयो भने अर्को तर्फ गरिबीले । नत औषधी गर्ने पैसा भयो न त उनले कसैबाट स्याहार सुसार पाए ।

सहारा दिने श्रीमतीले त्यो समयमा आएर छोड्लिन भनेर उहाँले कल्पना पनि गर्न नसकेको बताए । मसगं छोराको उपचार गर्ने पैसा छैन् न त यिनीहरुलाई पालन पोषण गर्ने पैसा नै छ ७० वर्षिय बाजले रुदैँ भने मेरो यो छोरालाइ जसरि भए पनि बचाइदिनुस् ।

 

उनलाई भेटन् सञ्चारकर्मीको टिम नया कपडा सहित कान्तेको घरमै पुगे । भाइको घरमा ननुहाइ बसेका भाइलाइ नुहाइदिन र खाने कुरा केहि नभएको कारण राहत लगेर सञ्चारकर्मी मोहन बस्नेत र बाबुराम पाण्डेय गएका थिए । यो देखेर थोरै भएपनि खुसी मिलेको उनले बताए । जीवन पाण्डे, बडिगाड अनलाईन

बाँकी भिडियोमा हेर्नुहोस

आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने

Previous articleरवि लामिछाने विवादमा: लकडाउनको बेला उनले के गरे यस्तो? पुरा विवरण हेर्नुहोस ( भिडियो)
Next articleदशगजा क्षेत्रमा भोकभोकै अलपत्र ५ सय बढी नेपालीलाई ल्याइयो रुपन्देही
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।